बागलुङमा निर्माणाधीन जलविद्युत् आयोजनामा फलामे पाइपले च्यापिँदा एक मजदुरको मृत्यु भएको छ।
बागलुङ– ताराखोला गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनामा काम गरिरहेका एक मजदुरको फलामे पाइपले च्यापिएर मृत्यु भएको छ।
ताराखोला गाउँपालिका–५ धस्मरस्थित निर्माणाधीन जलविद्युत् आयोजनामा कार्यरत रोल्पाको सुनछहारी गाउँपालिका–३ निवासी २० वर्षीय दिलबहादुर विकको मृत्यु भएको हो।
डोजरबाट खसेको पाइपले च्यापिँदा गम्भीर घाइते भएका विकको उपचारका क्रममा गलकोट नगरपालिका–३ हटियास्थित अस्पतालमा शनिबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख फणिन्द्रप्रसाद प्रसाईंले जानकारी दिएका छन्।
प्रहरीले डोजर चालकलाई नियन्त्रणमा लिएको छ भने विकको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
