उद्योगमन्त्री रमेश रिजालले युवाहरूको नवप्रवर्तनकारी विचारलाई व्यवसायमा रुपान्तरण गरी उद्यमशीलता प्रवर्द्धन गर्न नीति बनाइरहेको बताएका हुन्।
काठमाडाैँ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले युवाहरूको नवप्रवर्तनकारी विचारलाई व्यवसायमा रूपान्तरण गरी उद्यमशीलता प्रवर्द्धन गर्न नीति बनाइरहेको बताएका छन्।
सोमवार काठमाडौँमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको स्टार्ट-अप राष्ट्र २०३० सम्मेलनमा बोल्दै मन्त्री रिजालले यस्तो बताएका हुन्। मन्त्री रिजालले सरकारले नवप्रवर्तनकारी विचारहरूलाई व्यवसायमा रूपान्तरण गरी उद्यमशीलता प्रवर्द्धन गर्न निजी क्षेत्र प्राज्ञिक क्षेत्रसँग मिलेर काम गरिरहेको बताए। सरकारले स्टार्ट-अपका लागि उपयुक्त कानून तथा नीतिगत सुधार गरी उपयुक्त वातावरण सिर्जना गर्नतर्फ सरकार लागेकाे पनि उनकाे भनाइ छ।
यस्तै, उनले नेपाललाई आगामी २०३० सम्ममा स्टार्ट-अपमैत्री राष्ट्र बनाउन सरकार औद्योगिक र शैक्षिक क्षेत्रबीचको सहकार्यलाई थप सुदृढ बनाउन आवश्यक रहेको बताए। मन्त्री रिजालले स्टार्टअपलाई प्रवद्र्धन गर्न परियोजनामा आधारित कर्जा,अनुदान र वैदेशिक रोजगारीबाट फर्केका युवाहरूलाई सहयोग गर्ने कोष स्थापना गरी सहुलियतपूर्ण ऋण उपलब्ध गराउने नीति कार्यान्वयनमा ल्याइने उनकाे भनाइ छ।
यस्तै, मन्त्री रिजालले सरकारको वार्षिक कार्यक्रम र निजी क्षेत्रसँगको सहकार्यले नेपालमा स्टार्ट-अपका लागि बलियो जग बन्ने अपेक्षा रहेको उल्लेख गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
