क्यानडाको ब्रिटिस कोलम्बिया प्रान्तस्थित भेनकोभर सार्वजनिक पुस्तकालयमा लेखक हग क्वीनको ‘मीसेज म्याकोनाघीज मनी’ नामक पुस्तक ८६ वर्षपछि फिर्ता भएको छ।
काठमाडाैँ– सामान्यतया पुस्तकालयबाट लिएको पुस्तक कति समयपछि फिर्ता गर्नुपर्छ? यसको ठ्याक्कै कुनै सर्वव्यापी नियम त छैन। तर पुस्तकालयअनुसार आ–आफ्नै नियम हुन्छन्।
प्रायजसाे पढेर सकाउनेबित्तिकै पुस्तक फिर्ता गरिन्छ। तर कुनै पाठकले भने फिर्ता नै गदैनन्। कसैले हराउँछन्। कसैले वर्ष दिनपछि पनि फिर्ता गर्छन्।
तर क्यानडाको एक पुस्तकालयमा भने ८६ वर्षपछि पुस्तक फिर्ता भएको छ। क्यानडाको ब्रिटिस कोलम्बिया प्रान्तस्थित भेनकोभर सार्वजनिक पुस्तकालयमा लेखक हग क्वीनको ‘मीसेज म्याकोनाघीज मनी’ नामक पुस्तक यति लामो समयपछि फिर्ता भएको हो।
गएको मंगलबार पुस्तकालयले आफ्नो इन्स्टाग्राम पेजमा उक्त पुस्तकको फोटो राखेर यो पुस्तक अन्तिम पटक कहिले लिइएको थियो भनेर अनुमान गर्न भनेको थियो। त्यसमा धेरैले अनुमानसहित आ–आफ्नो प्रतिक्रिया पेश गरे। तर कसैले मिलाउन सकेनन्।
अर्को दिन भने पुस्तकालयले अनुमान गर्ने सबैलाई धन्यवाद दिँदै भन्यो “यो पुस्तक १९३७ मा लिइएको रहेछ।” तर पुस्तक कसले लिएको थियो र कसले फिर्ता गर्याे भन्नेबारे भने पुस्तकालयले खुलाएको छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
