मेलम्ची नदीबाट काठमाडौँ ल्याइएको खानेपानी एक महिनादेखि बन्द भएपछि बागमतीको पानी प्रशोधन गरेर वितरण भइरहेको छ। बागमतीबाट अहिले दैनिक पाँच करोड लिटर पानी प्रशोधन गरिन्छ।
काठमाडौँ- वर्षाका कारण एक महिनादेखि मेलम्चीको पानी आउन नसक्दा काठमाडौँमा खानेपानीको अभाव हुन नदिन सरकारले बागमतीको पानी प्रयोगमा ल्याएको छ।
बागमती नदीको पानी प्रशोधन गरेर दैनिक साढे पाँच करोड लिटर पानी वितरण भइरहेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले जनाएको छ। बागमतीको पानी र अरू स्रोत गरी अहिले दैनिक १५ देखि १६ करोड लिटर पानी वितरण भइरहेको लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले बताए।
प्रवक्ता राईका अनुसार मेलम्चीको लाइनबाटै बागमतीको पानी वितरण भइरहेको छ। उनले भने, “वर्षाका कारण हाम्रो आफ्नो स्रोतमा उत्पादन पनि बढेको छ। बागमतीको पानी सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा प्रशोधन गरेर ल्याइएको छ।”
काठमाडौँ उपत्यकामा पानीको माग दैनिक ४७ करोड लिटर छ। मागभन्दा आधाभन्दा कम पानी वितरण भइरहेकाले पर्याप्त नभएको राईको भनाइ छ। तर केही हदसम्म समस्या समाभान भएको उनले बताए।
बागमती नदीबाट अहिले ल्याइरहेको परिमाणभन्दा थप पानी ल्याउन सकिने भए पनि त्यसका लागि अझै संरचना निर्माण गर्न आवश्यक रहको राईले बताए। उनका अनुसार लिमिटेडले त्यसका लागि पाइप लाइन विस्तार गरिरहेको छ।
काठमाडौँ उपत्यकामा लामो समयदेखि खानेपानीको अभाव भएपछि सरकारले दुई दशक पहिले मेलम्ची खानेपानी आयोजनाको अवधारणा ल्याएको थियो। तीन वर्ष पहिलेदेखि आयोजनाबाट पानी ल्याउन थालिए पनि २०७८ असार १ गते आयोजना स्थलभन्दा माथिल्लो भागबाट आएको बाढीका कारणले सम्पन्न हुने क्रममा रहेका आयोजनाका संरचनामा क्षति पुगेको थियो। ती संरचनाको पुनःनिर्माण अहिले पनि भइरहेको छ।
गत वर्ष हिउँदमा त्यहाँको पानी काठमाडौँ ल्याइएको थियो। हिउँदमा मेलम्ची नदीबाट दैनिक १७ करोड खानेपानी ल्याइने गरिएको छ। त्यो पानी र लिमिटेडको आफ्नो उत्पादनका कारण उपत्यकामा खानेपानीको अभाव केही कम भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
