सुनको मूल्य स्थिर, चाँदीको १० रुपैयाँले घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन ९५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

काठमाडौँ– बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन ९५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार पनि सोही मूल्यमा नै कारोबार भएको थियो। यस्तै तेजाबी सुन ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको मूल्य भने १० रुपैयाँले घटेको छ।

चाँदी तोलाकाे १ हजार २८५ रुपैयाँमा कारोबार भइरहको महासंघले जनाएको छ।