प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगको आग्रहलाई अवहेलना गरी निर्वाचन गतिविधि नबिथोल्न अनुरोध गरे।
काठमाडौं– प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गर्न आयोग तयार रहेको बताएका छन्। बुधबार आयोगको कार्यालयमा युवासँग निर्वाचन आयोगको संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचनलाई शान्त वातावरणमा सम्पन्न गर्न युवाको साथ आवश्यक रहेको बताएका हुन्।
उनले आयोगको आग्रहलाई अवहेलना गरी निर्वाचन गतिविधि नबिथोल्न आग्रहसमेत गरे। उनले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी लगायतका दलप्रति इंगित गर्दै निर्वाचन बिथोल्नका लागि कुनाबाट अनावश्यक रूपमा गुलेली नचलाउन चेतावनी दिए। "केही असन्तुष्टि होलान्, चित्त नबुझेका कुरा होलान्, त्यसलाई हामीले मिलाउँदै जाने हो। तर, निर्वाचनको यो महाभियानमा अब हामी सबै सरिक भएर जाने हो," उनले भने।
प्रमुख निर्वाचन आयुक्त थपलियाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि संसदीय समितिले १५ दिनअघिबाट नै मदिरा निषेध गर्नुपर्छ भने पनि आयोगले तीन दिनअघिबाट मदिरा बिक्रीलगायतका कार्य रोक्न आग्रह गरेको बताए। उनले युवाले आयोगको आग्रहलाई आम नागरिकसमक्ष पुर्याउनुपर्ने बताए।
प्रमुख निर्वाचन आयुक्त थपलियाले हरेक निर्वाचनमा निर्वाचित हुनेको संख्याभन्दा पराजित हुनेको संख्या ठूलो हुने भन्दै युवाले पराजित भएका उम्मेदवारलाई पनि अंकमाल गरेर अघि बढ्नसक्ने वातावरण समाजमा निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले सामाजिक संघसंस्थाले मंसिर ४ गतेलाई मात्र नभई त्यसपछिको नतिजाको परिणामलाई पनि आत्मसाथ गरेर अघि बढ्नसक्ने वातावरणको सिर्जना गर्न जरुरी रहेको बताए। उनले निर्वाचन पछिको सामाजिक र राजनीतिक वातावरणलाई धमिलो हुन नदिन युवाले भूमिका खेल्नुपर्ने बताए।
कार्यक्रममा युवाले निर्वाचन केन्द्र अपाङ्गतामैत्री, वृद्धवृद्धामैत्री बनाउन र निर्वाचन केन्द्रमा अशक्तका लागि मतदान गर्ने छुट्टै व्यवस्थापन गर्न जोड दिए। उनीहरूले युवालाई मतदाता शिक्षा सञ्चालन गर्न दिए मत बदर हुने सम्भावना कम हुने बताए। युवाले विद्युतीय मतदान प्रणालीमा जान अत्यावश्यक भइसकेको पनि बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
