काठमाडौँ- गत सोमबारदेखि ओरालो लाग्न थालेको नेप्से परिसूचक बुधबार पनि उच्च अंकले गिरावट भएको छ।
बुधबार नेप्से परिसूचक ३९.१५ अंकले घटेर १९१७.२२ बिन्दुमा झरेको हो। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ७.६८ अंक घटेको छ भने फ्लोट इन्डेक्स २.६८ अंकले र सेन्सेटिभ इन्डेक्स २.७९ अंकले घटेको छ।
बुधबार कारोबारमा आएका २२३ कम्पनीको ३६ लाख ९७ हजार कित्ता सेयर १ अर्ब ४० करोड ७३ लाख ९५ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। बुधवार नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ।
नेप्सेका १३ उपसमूहमा सबै उपसमूहको परिसूचक ओरालो लागेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक ४.७३ प्रतिशत घटेको छ। त्यस्तै, विकास बैंक उपसमूहको परिसूचक ३.१८ प्रतिशत घटेको छ भने होटेल तथा पर्यटन, जलविद्युत, अन्य लघुवित्त र लगानी उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।
बुधबार अपर हेवाखोला हाइड्रोपावरको सेयरमूल्य ७.४२ प्रतिशत बढेको छ। मिर्मिरे माइक्रोफाइनान्सको सेयरमूल्य २.२२ प्रतिशत बढेको छ। तर, यता एक्सेल डेभलपमेन्ट बैंक, गुराँस लघुवित्त, उपकार लघुवित्त सेयर मूल्य ७ प्रतिशतभन्दा बढीले घटेको छ।
कारोबार रकमका आधारमा आज नेष्डो समृद्ध लघुवित्तले ६ करोड ७८ लाख रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
