अन्नपूर्ण पदमार्गमा लमजुङ, कास्की, मनाङ, मुस्ताङ र म्याग्दी गरी पाँच जिल्ला जोडिएका छन्। यही पदमार्ग हुँदै पर्यटक हिमतालसम्म पुग्ने गर्छन्।
मनाङ– हिमशृंखला, तालतलैया, अग्ला तरेली परेका डाँडा, हिमालका मनोरम दृश्यमा रमाउन मनाङमा पर्यटक आउने गर्छन्। विशेषगरी पर्यटकहरू हिमतालमा रमाउने गरेका छन्।
अग्ला डाँडाकाँडा, छहरा, झरनामा मोहित हुँदै पर्यटक मनाङ प्रवेश गर्छन्। जिल्ला प्रवेश गरी पहिलो दिन तालबस्तीमा देखिएका स्वच्छ झरनाबाट नै यहाँ अझ कस्तो होला भन्दै लोभ्याउने गरेको छ। कजिनसारा ताल, ड्रोना ताल, गंगापूर्ण ताल, क्लिन लेक, ग्रिन लेक, ढुकुर पोखरी, आइसलेक, पोंकर ताल, तिलिचोलगायत ताल छन्।
यी हिमतालले पर्यटकलाई आकर्षित गरेको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताए। “यहाँ आउने पर्यटकहरू विशेषगरी ताल, हिमशृंखला र झरनाले आकर्षित गरेको बताउने गरेका छन्। ताल, झरनामा रमाउने र सहज रूपमा पुग्ने बनाउन लागिपरेका छौँ,” उनले भने।
झरना र तालतलैयामा सहज पुग्ने विकास निर्माण र नयाँ तालको खोजीमा गाउँपालिका जुटेको उनले बताए। “तालसम्म सहज पहुँच पुर्याउन पूर्वाधार निर्माणका लागि बजेट नै छुट्याएका छौँ, हाम्रा गहनाको हामीले नै संरक्षण गर्ने हो,”उनले भने।
मनाङ ङिस्याङ गाउँपालिकामा जिल्लाकै सबैभन्दा बढी ताल छन्। यहाँ ढुकुर पोखरी, ग्रिन लेक, क्लिन लेक, गंगापूर्ण ताल, तिलिचो ताल, आइसलेक, पोंकर ताल पर्छन्। यहाँका तालसम्म पुग्ने बाटो बनाउने र तालसम्म पुग्ने पूर्वाधार निर्माणका लागि गाउँपालिकाले बजेट व्यवस्थापन गरेको छ।
यहाँका तालतलैयासम्म पुग्ने बाटो बनाउन अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले पनि सघाउँदै आएको छ। बाटोमा एक्यापले विभिन्न चिह्न राखेको छ। मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले यहाँका ताललाई सुरक्षित र संरक्षणका लागि बजेट छुट्याएको बताए। यहाँका धेरै ताल अझै गुमनाम रहेको उनको भनाइ छ।
हिमालबाट लुकेर आएको पानीबाट नै अधिकांश ताल बन्ने गरेका छन्। यहाँको विकासका लागि पर्यटकको आगमनले अझै उत्साहित बनाउने गरेको पर्यटन व्यवसायी विनोद गुरुङले बताए। पर्यटनको हबका साथै मनाङलाई फिल्म छायांकनको क्षेत्रसमेत बनाउने गरी विकास गर्नुपर्ने उनको भनाइ छ।
दुई याममा पर्यटक यहाँ घुम्न आउने गर्छन्। ती यामको छुट्टाछुट्टै रकम तिर्नुपर्ने प्रावधान निर्धारण गरिएको छ। हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नुका साथै मनाङबाट थोराङ्लापास गरी मुस्ताङ, कोही पोखरा जानका लागि अन्नपूर्ण पदमार्गमा पर्यटक आउने गर्छन्।
अन्नपूर्ण पदमार्गमा लमजुङसहित कास्की, मनाङ, मुस्ताङ र म्याग्दी गरी पाँचवटा जिल्ला जोडिएका छन्। काठमाडौँबाट बेँसीशहरसम्म सवारीसाधनमार्फत पर्यटक आउँछन्। पदमार्गबाट मनाङका विभिन्न स्थानको अवलोकनसहित यात्राको शुरूआत गर्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
