कोरोनाका समयमा निर्माण शुरू गरिएको दुई कोठे भवन हालसम्म सम्पन्न भएको छैन। गतहप्ता हावाहुरीले बाँकी भवनको जस्तापाता उडाएपछि विद्यार्थीलाई बस्नका लागि समस्या भएको छ।
बेदकोट– कञ्चनपुरको भीमदत्त–१४ वनकट्टीस्थित शान्ति आधारभूत विद्यालयमा भवन अभाव हुँदा पठनपाठनमा समस्या भएको छ। बस्ने कोठा नहुँदा अध्ययनमा समस्या भएको विद्यार्थीले गुनासो गरेका छन्।
केही साताअघि आएको हावाहुरीले विद्यालयको दुई कोठे भवनको जस्तापाता उडएपछि विद्यार्थीलाई बस्नका लागि समस्या भएको प्रधानाध्यापक उत्तम विष्टले बताए। “जस्तापाता उडाएको छ, स्थानीय तहलाई जस्तापाताका लागि भनेका छौँ तर केही सुनुवाइ भएको छैन,” उनले भने, “विद्यार्थीलाई कहाँ राखेर पढाउने भन्ने समस्या छ।”
कोरोनाका समयमा निर्माण शुरू गरिएको दुई कोठे भवन हालसम्म सम्पन्न भएको छैन। हाल उक्त निर्माणाधीन भवनमा बसालेर पठनपाठन गराइरहेको विष्टले बताए। भवनमा सिलिङ हालिएको छ भने प्लास्टरलगायतको काम बाँकी छ।
“न ढोका छ, न झ्याल, पानी आउँदा सबैभित्र आउँछ, किताब कापी सबै भिज्छ,” कक्षा ६ मा अध्ययनरत सन्दीप भट्टले भने, “भुइँमा पनि ठूलाठूला ढुंगा मात्रै छन्, बस्नलाई निकै समस्या छ।” हावाले उडाएको जस्ता फेर्न स्थानीय तहले आनाकानी गरेपछि स्थानीय बासिन्दा जुटेर विद्यालयको छाना निर्माण गर्न थालेका छन्।
खोलामा पानीको बहाव बढेर विद्यालयका कक्षाकोठा पस्ने गरेको छ। “खोलाको पानी कक्षाभित्र आएर जलमग्न छ, हामी कहाँ बसेर पढ्ने?” विद्यार्थी वर्षा ओडले भनिन्, “विद्यालयको पर्खाल नहुँदा विद्यार्थीहरू खेल्दाखेल्दै खोलामा खस्ने डर छ।”
नजिकै राष्ट्रिय निकुञ्ज हुनाले वन्यजन्तु पनि विद्यालय परिसरमा भित्रिन सक्ने सम्भावना रहेकाले पर्खाल निर्माण गर्नु आवश्यक रहेको प्रधानाध्यापक विष्टले बताए। “शिक्षक पनि कम छौँ, ससाना विद्यार्थी नजिक रहेको खोलामा खसेर डुब्ने जोखिम छ,” उनले भने, “खोलाको पानी कक्षामा पसेर पढाइ प्रभावित हुने गरेको छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
