रसुवागढी नाकाबाट रसुवाका बासिन्दा केरुङतर्फ जाने र चिनियाँ पनि टिमुरे तथा स्याफ्रुबेँसी घुम्न आउने गरेका छन्। चैत १८ देखि असार मसान्तसम्म दुई हजार ८३७ चिनियाँ पर्यटक यहाँबाट नेपाल भित्रिएका छन्।
रसुवा– चीनसित जोडिएको रसुवागढी नाकामा चहलपहल बढ्दै गएको छ। कोरोना महामारीपश्चात् आवतजावत बन्द भएको सो नाका गत चैत १८ गतेदेखि सञ्चालनमा आएपछि व्यापार तथा पर्यटकीय गतिविधि बढेको हो।
सो नाका भएर नेपाल घुम्नका लागि चिनियाँ पर्यटकको आगमन शुरू भएको छ। नेपाल भित्रने चिनियाँ पर्यटकको संख्या दिन प्रतिदिन बढ्दै गएको छ। अध्यागमन कार्यालय टिमुरेका प्रमुख चूडामणि अर्यालका अनुसार गत चैत १८ देखि असार मसान्तसम्म दुई हजार ८३७ चिनियाँ पर्यटक रसुवागढी नाका भएर नेपाल भित्रिएका छन्।
तीन महिनामा रसुवागढी नाकाबाट ४६ देशका नागरिक नेपाल भित्रिएको तथ्यांक छ। सो अवधिमा पाँच हजार २३६ महिलासहित १० हजार ६७७ पर्यटक उक्त नाका भएर नेपाल भित्रिएको अर्यालले बताए।
कोरोना अवधिभर सुनसान रहेको रसुवागढी क्षेत्रबाट चिनियाँ पर्यटक नेपाल भित्रने र अन्य देशका पर्यटक चीनतर्फ प्रस्थान गर्न थालेपछि चहलपहल बढेको छ। पर्यटकको आगमनले सीमा क्षेत्रका बासिन्दामा उत्साह थपिएको छ। रसुवागढी नाकाबाट रसुवाका बासिन्दा केरुङतर्फ जाने र चिनियाँ नागरिक पनि टिमुरे तथा स्याफ्रुबेँसी घुम्न आउने गरेका छन्।
रसुवा–केरुङ ओहोरदोहोर गर्न अध्यागमन कार्यालय टिमुरेले रसुवाका १५० जना नागरिकलाई परिचयपत्र प्रदान गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
