कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले भ्रष्टाचारका ठूला–ठूला काण्डहरूको फाइल खोल्दै अनियमितता गर्नेहरूलाई कानूनी दायरामा ल्याइने बताएका छन्।
काठमाडौँ– नेपाली कांग्रेसका उपसभापति एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उच्च तहका नेताहरूको सम्पत्ति छानबिन गर्न आयोग गठन गर्नुपर्ने बताएका छन्।
मंगलबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले फरक कांग्रेसीहरूले राजनीतिक दलका उच्च तहका नेताहरूको सम्पत्ति विवरण छानबिन गर्न सरकारसँग आग्रह गर्नुपर्ने बताएका हुन्।
उच्च तहका नेताहरूको सम्पत्ति छानबिन गरी रूपान्तरणको अभियान शुरू गर्नुपर्ने उनको भनाइ थियो। उनले उच्च तहका नेताको सम्पत्ति अब चाँडै नै छानबिन हुने दाबी गरे। “ढिलो–चाँडो उच्च तहका नेताहरूको सम्पत्ति छानबिन आयोग गठन गरेरै छोडिन्छ, कसैलाई छोडिँदैन,” उनले भने।
उपसभापति गुरुङले रूपान्तरण विषय र सिद्धान्तबाट हुने भन्दै व्यक्तिको अनुहारबाट रूपान्तरण सम्भव नरहेको जिकिर गरे। उनले भ्रष्टाचारका ठूला–ठूला काण्डहरूको फाइल खोल्दै अनियमितता गर्नेहरूलाई कानूनी कठघरामा उभ्याउने बताए। उनले निष्ठा, विचार र सिद्धान्तको कुरामा मन्त्री पदको पर्बाह नरहेको उल्लेख गरे।
“भ्रष्टाचारका ठूला ठूला काण्डहरूको फाइल खोल्दै–खोल्दै जाने हो, प्रधानमन्त्रीसँग मन्त्रीको हैसियतले भनेको छु, प्रधानमन्त्रीज्यू अघि बढ्नुस्। जो–जो पर्छन् पर्छन्, कांग्रेस, एमाले, माओवादी को पर्छन् थाहा छैन, भ्रष्टाचारीलाई कानूनी कठघरामा उभ्याउने हो। म जहाँ छु त्यहीँ छु, मन्त्री भएपछि डराएको छैन, मन्त्री पद छोड्नुपरे छोडौँला, आफ्नो निष्ठा, सिद्धान्त छोडिन्न, विचार छोडिन्न,” उनले भने।
उपसभापति गुरुङले रूपान्तरणका नाममा अहिले नै पार्टी सभापति परिवर्तन गर्ने भन्ने पक्षमा आफू नरहेको र १५औँ अधिवेशनबाट पार्टी नेतृत्व रूपान्तरण हुने बताए। उनले १५औँ महाधिवेशनमा पार्टीको सभापति बदल्ने लक्ष्य लिएर अघि बढ्न आवश्यक रहेको उल्लेख गरे। १५औँ पार्टी महाधिवेशनमा डा. शेखर कोइरालालाई पार्टीको सभापति बनाउने उद्घोष गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
