राजस्व अनुसन्धान विभागको टोलीले बिहीबार साँझ काठमाडौँका छुट्टाछुट्टै स्थानबाट थप दुई जनालाई नियन्त्रणमा लिएसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या ९ पुगेको छ।
काठमाडौँ– सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागको टोलीले थप दुई जनालाई पक्राउ गरेको छ। विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार बिहीबार साँझ काठमाडौँका छुट्टाछुट्टै स्थानबाट थप दुई जना पक्राउ परेका हुन्।
कोटेश्वरबाट राजन श्रेष्ठलाई पक्राउ गरिएको छ भने काठमाडौँबाटै पुष्करराज भट्टलाई पनि पक्राउ परेका छन्। उनीहरू एक कम्पनीका प्रोप्राइटर हुन्। यो प्रकरणमा अहिलेसम्म नौ जना पक्राउ परिसकेको महानिर्देशक ढुंगानाले जानकारी दिए।
विभागको टोलीले दुई जना विदेशी नागरिकसहित नौ जना पक्राउ परेको हो। बिहीबार दिउँसो टोलीले चिनियाँ नागरिक जेयुङ लिन पक्राउ परेका थिए। चीन जान लागेका बेला उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो।
अन्य पक्राउ परेकामा ट्याक्सी चालक अशोक रानामगर, भन्सार एजेन्ट राजेन्द्रकुमार राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगी हर्कराज राई, थुक्पिन छिरिङ र रामकुमार भुजेल रहेका छन्। सात जनामाथि अनुसन्धानका लागि अदालतबाट म्याद थप गरिएको छ भने दुई जनाको शुक्रबार म्याद थप गरिने महानिर्देशक ढंगानाले बताए।
भन्सार पास भएर बाहिरिन लाग्दा विभागको टोलीले बुधबार राति हंकङबाट ल्याइएको झन्डै एक सय किलो सुन बरामद गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
