छलफलमा नेपाल प्रहरीका आईजीपी बसन्तबहादुर कुँवर, एआईजी मिरा चौधरी, भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेल, त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख सहभागी छन्।
काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट अवैध रूपमा भित्रिएको सुन बरामद प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी र भन्सारका उच्च अधिकारीसँग छलफल शुरू गरेका छन्।
प्रहरी, भन्सार विभाग, त्रिभुवन विमानस्थल भन्सार कार्यालय र राजश्व अनुसन्धान विभागका प्रमुखलाई बोलाएर गृह मन्त्रालयमा छलफल शुरू गरेका हुन्। छलफलमा गृहमन्त्रीसहित नेपाल प्रहरीका आईजीपी बसन्तबहादुर कुँवर, एआईजी मिरा चौधरी, भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेल, त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख सहभागी छन्।
सुन बरामद र भन्सारसँग सम्बन्धित अन्य विषयमा छलफल भइरहेको गृहमन्त्रीका प्रेस सल्लाहकार कमल गिरीले बताए। मंगलबार साँझ स्कुटर र मोटरसाइकलको ‘ब्रेक सु’ बनाएर ल्याइएको सुन विमानस्थल भन्सार कार्यालयबाट पास भइसकेको अवस्थामा भेटिएको थियो।
ट्याक्सीमा राखेर भन्सारबाट बाहिर लगिसकेको सुन विशेष सुराकीका आधारमा राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो। अनुसन्धानका क्रममा ६ जना पक्राउ परिसकेका छन्। त्यसमध्ये केही भन्सार कार्यालयका कर्मचारी पनि परेको आशंका छ।
यता, सुन जाँचपास गराउने कर्मचारीलाई भन्सार विभागले निलम्बन गर्ने तयारी गरेको छ। संलग्न कर्मचारीलाई निलम्बन गर्ने तयारी भइरहेको भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले बताए।
सामानको एक्सरे कसरी गरियो, त्यसको विवरण पनि संकलन गर्न शुरू गरिएको छ। साथै, सुन क–कसको मिलेमतोमा भित्र्याइयो भन्नेबारे पनि खोजी भइरहेको विभागले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
