समितिले ल्याइएको सुन जाँचपासका क्रममा भएको कमजोरी र उक्त कार्यमा भन्सार कर्मचारीको संलग्नता भए/नभएको बारेमा छानबिन गर्ने विभागका प्रवक्ता पुण्यविक्रम खड्काले जानकारी दिए।
काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास भएर बाहिरिएपछि बरामद भएको सुन प्रकरणमा कर्मचारीको संलग्नताबारे छानबिन गर्न भन्सार विभागले छानबिन समिति बनाएको छ।
विभागअन्तर्गत अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा छानबिन समिति बनाइएको हो।
उक्त समितिले ल्याइएको सुन जाँचपासका क्रममा भएको कमजोरी र उक्त कार्यमा भन्सार कर्मचारीको संलग्नता भए/नभएको बारेमा छानबिन गर्ने विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए।
“कार्गो विल्डिङबाट जाचँपासको विषय भएकाले, सो क्रममा एक्सरे मेसिन प्रयोग भए/नभएको, त्यसमा भन्सार कर्मचारी संलग्न भए/नभएको समितिले अध्ययन गर्नेछ,” खड्काले भने। भन्सार विभागका कर्मचारीको संलग्नता भएको पाइए कारबाही प्रक्रिया अघि बढाइने पनि उनले बताए।
राजश्व अनुसन्धान विभागले विशेष सुराकीका आधारमा मंगलबार साँझ ट्याक्सीमा राखेर भन्सारबाहिर पुर्याएको करिब १०० किलो सुन बरामद गरेको थियो।
सुन बरामदपछि अनुसन्धानका क्रममा छ जना पक्राउ परेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
