आर्थिक वर्ष २०७९/८० मा सरकारले १४ खर्ब ३ अर्ब १४ करोड रुपैयाँ राजस्व संलकनको लक्ष्य राखेकोमा लक्ष्यको ७२ प्रतिशत अर्थात् १० खर्ब १० अर्ब ३९ करोड मात्रै संकलन गर्न सकेको छ।
काठमाडौँ– गत आर्थिक वर्ष २०७९/८० मा सरकारले कुल १० खर्ब १० अर्ब ३९ करोड आम्दानी गरेको छ। यो कुल वार्षिक लक्ष्यको ७२ प्रतिशत हो।
गत आर्थिक वर्षभर कुल १४ खर्ब ३ अर्ब १४ करोड राजस्व संलकनको लक्ष्य लिएको थियो। तर सकारले लक्ष्यभन्दा ३ खर्ब ९२ अर्ब रुपैयाँ कम राजस्व उठाउन सकेको छ।
आर्थिक वर्षको अन्तिम महिना असारमा पनि लक्ष्यभन्दा ३३ अर्ब ३१ करोड कम राजस्व उठेको छ। असारमा १ खर्ब ६८ अर्ब १२ करोड राजस्व संकलनको लक्ष्य रहेकोमा १ खर्ब ३४ अर्ब ८१ करोड मात्र उठेको अर्थ मन्त्रालयले जनाएको छ।
आर्थिक वर्ष २०७८/७९ मा ११ खर्ब १६ अर्ब ४२ करोड राजस्व संकलन भएको थियो। गत आर्थिक वर्षमा संकलित राजस्व अघिल्लो वर्षको भन्दा १०. ५० प्रतिशतले कम हो।
भन्सार राजस्व लक्ष्यको ५७ प्रतिशत मात्र उठ्यो
गत आर्थिक वर्ष २०७९/८० मा भन्सार राजस्वमा नै सबैभन्दा ठूलो अन्तर देखिएको छ। ६ खर्ब ६८ अर्ब ७६ करोड राजस्व संकलनको लक्ष्य पाएको विभागले जम्मा ३ खर्ब ८३ अर्ब ३७ करोड ८६ लाख संकलन गर्न सकेको छ। जुन वार्षिक लक्ष्यको ५७.३३ प्रतिशत मात्र हो।
भन्सार विभागअन्तर्गत पनि भन्सार महसुलबाट प्राप्त हुने राजस्व लक्ष्यको तुलनामा १ खर्ब ४८ अर्ब रुपैयाँले कम भएको छ।
गत आर्थिक वर्षभर भन्सार महसुलबाट ३ खर्ब ३० अर्ब राजस्व उठाउने लक्ष्य लिइएको १ खर्ब ८२ अर्ब मात्र असुली भएको अर्थ मन्त्रालयको तथ्यांक छ।
आन्तरिक राजस्व विभागले उठायो ४ खर्ब २२ अर्ब
गत आर्थिक वर्षमा आन्तरिक राजस्व विभागले ४ खर्ब ८२ अर्ब २४ करोड राजस्व संकलन गरेको छ। जुन वार्षिक लक्ष्यको तुलनामा ७६.९६ प्रतिशत हो।
आर्थिक वर्ष २०७९/८० मा विभागले ६ खर्ब २६ अर्ब ६१ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य पाएको थियो।
विभागले आर्थिक वर्षको अन्तिम दिन असार ३१ गते मात्र १५ अर्ब ९१ करोड ७४ लाख राजस्व उठाएको छ।
आर्थिक वर्ष २०७९/८० मा मूल्य अभिवृद्धि कर, अन्तःशुल्क र आयकर तीनवटै शीर्षकमा लक्ष्यअनुसारको राजस्व उठ्न नसकेको तथ्यांकले देखाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
