प्रमुख निर्वाचन आयुक्त थपलियाले लोकतन्त्रको आडमा कसैको पनि चरित्रहत्या गर्ने कार्य स्वीकार्य नहुने बताए। घृणा फैलाउने अभिव्यक्तिप्रति आयोग गम्भीर हुने उनको भनाइ छ।
काठमाडौं– प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको स्वच्छतालाई दुष्प्रचार नगर्ने आग्रह गरेका छन्।
सोमबार कलाकारसँग निर्वाचन आयोगले गरेको अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले ‘नो नट अगेन’बारे बोलिरहँदा कसैले पनि निर्वाचन र उम्मेदवारप्रति लक्षित मिथ्या सूचना, चरित्रहत्या लगायतका दुष्परिणामयुक्त शब्दको प्रयोग गर्न नहुनेप्रति सचेत हुन आग्रह गरेका हुन्।
प्रमुख निर्वाचन आयुक्त थपलियाले लोकतन्त्रको आडमा कसैको पनि चरित्रहत्या गर्ने कुरा स्वीकार्य हुन नसक्ने भन्दै घृणास्पद अभिव्यक्तिप्रति आयोग गम्भीर हुने बताए।
"अहिले हामी निर्वाचनको अत्यन्त सुन्दर तलाउमा छौँ। कुनामा बसेर वा टाढा बसेर यो सुन्दर तलाउमा दुष्प्रचारको ढुंगा नहानिदिनुस् भनेको मात्रै हो। यो सुन्दर सागरमा दुष्प्रचार, मिथ्या सूचना र चरित्र हत्या गर्ने किसिमका पहरे नबिसाइदिनुहोस् भनेको मात्रै हो," उनले भने।
प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले नो नट अगेनबारे विज्ञप्ति जारी गर्दा सामाजिक सञ्जालमा निर्वाचनलाई बिथोल्ने असामाजिक किसिमका कुनै पनि कुराहरू राख्न नहुनेतर्फ मात्रै आमनागरिकको ध्यानाकर्षण गराएको बताए। उनले सामाजिक सञ्जालको प्रयोग सधैँ सकारात्मक कुरामा मात्रै प्रयोग हुनु जरुरी रहेको पनि बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
