श्रममन्त्री शरत्सिंह भण्डारीले देशको परिस्थिति, रोजगारीको अवस्था, आर्थिक स्थिति र राष्ट्रिय, अन्तर्राष्ट्रिय आर्थिक मन्दीका कारण देश विकासको आधार वैदेशिक रोजगारीलाई मान्नुपर्ने अवस्था रहेको बताए।
काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले वैदेशिक रोजगारी देश विकासको आधार भएको बताएका छन्। बिहीबार राष्ट्रियसभा बैठकमा बोल्दै मन्त्री भण्डारीले वर्तमान अवस्थामा देशको विकासको आधार वैदेशिक रोजगारी नै भएको बताएका हुन्।
उनले वैदेशिक रोजगारीमा जानु नेपालीका लागि बाध्यता भएको बताए। “नेपालको अहिलेको परिस्थिति, रोजगारको अवस्था, आर्थिक स्थिति र अहिले रहेको राष्ट्रिय, अन्तर्राष्ट्रिय आर्थिक मन्दी सम्पूर्ण कुराले गर्दा नेपालको रोजगारको क्षेत्रमा जुन प्रभाव परेको छ, अहिले बाध्यात्मक अवस्था भए पनि केही वर्षलाई हामीले वैदेशिक रोजगारीलाई नै नेपालको समष्टिगत रूपमा विकासको आधार मान्नुपर्ने अवस्था छ,” उनले भने।
मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई सुरक्षित र सम्मानित ढंगले गन्तव्यसम्म पठाउनुपर्नेमा जोड दिए। उनले श्रमिकहरूलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्याउनका लागि मन्त्रालयले विभिन्न सुधारात्मक कामहरू अगाडि बढाएको बताए।
“हामीले वैदेशिक रोजगारीमा गएका श्रमिकहरू अथवा नेपाली युवाहरूलाई अहिलेको अवस्थामा उनीहरूलाई सुरक्षित गन्तव्यमा सुरक्षित ढंगबाट, सम्मानित ढंगबाट कसरी पठाउन सकिन्छ भन्ने चिन्ता गर्यौँ र त्योअनुसार काम गर्न सक्यौँ भने त्योचाहिँ धेरै ठूलो कुरो हुन्छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
