असारे र डोजरे विकासका कारण खेतीयोग्य भूमि पुरिनुका साथै पुल तथा पूर्वाधारमा क्षति पुग्ने भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला भनाइ छ।
काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले डोजरे विकास प्रवृत्तिको अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
बिहीबार राष्ट्रियसभा बोल्दै उनले डोजर चालकका भरमा सडक निर्माण हुँदा प्राकृतिक विपद् बढ्दै गएको उल्लेख गरे। असारे र डोजरे विकासका कारण खेतीयोग्य भूमि पुरिनुका साथै पुल तथा पूर्वाधारमा क्षति हुने उनको भनाइ छ।
“डोजरे विकासले सयौँ बिगाहा खेतीयोग्य भूमि पुरिने र बहुमूल्य पुल तथा पूर्वाधारमा क्षति हुने गरेको छ। हामी असारे र डोजरे विकास प्रवृत्ति अन्त्य गर्न प्रतिबद्ध छौँ,” उनले भने, “काठमाडौँ र विभिन्न राजमार्गका खाल्डाखुल्डी मर्मत सम्भार गरेर यात्रुलाई पीडा हुन नदिन निर्देशन दिइसकिएको छ।” सरकारले सेवाग्राहीलाई सवारी चालक अनुमतिपत्र छिटोभन्दा छिटो उपलब्ध हुने व्यवस्था गरिरहेको मन्त्री ज्वालाको दाबी छ।
“सवारी चालक अनुमतिपत्र नवीकरणको अवधि पाँच वर्षबाट बढाएर १० वर्ष बनाइएको छ। इम्बोस्ड नम्बर प्लेटमा प्रदेशको नाम नेपालीमा लेख्ने निर्णय भइसकेको छ,” उनले भने।
उनले नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरोका अल्पकालीन, मध्यकालीन र दीर्घकालीन समाधान खोजी गरी कार्यान्वयन गरिने प्रतिबद्धता जनाए। त्यस्तै, पृथ्वी राजमार्गको नौबिसे–काठमाडौँ सडक खण्डको पनि बिस्तार कार्य अगाडि बढाइरहेको उनले जानकारी गराए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
