नदीमा आधारित जलविद्युत् आयोजनामा मात्र भरपर्दा बाढी–पहिरो र सुख्खाका कारण ऊर्जा संकट बढ्न सक्ने औँल्याउँदै सरकारले सौर्य ऊर्जा उत्पादनलाई प्राथमिकतामा राखेको जनाएको छ।
काठमाडौँ– नदीमा आधारित जलविद्युत् आयोजनाको उत्पादनमा मात्र भरपर्दा बाढी–पहिरो र सुख्खाका कारण ऊर्जा संकट बढ्न सक्ने भन्दै सरकारले नवीकरणीय सौर्य ऊर्जा उत्पादनलाई प्राथमिकतामा राखेको छ।
‘इन्टरन्यासनल सोलार एलायन्स’, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र एशियाली विकास बैंकको आयोजनामा आइतबार काठमाडौँमा सरोकारवालासँग सोलारको सम्भावना र पहिचानसम्बन्धी राष्ट्रिय छलफल कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव दिनेश घिमिरेले नदीमा आधारित विद्युत्मा भरपर्दा ऊर्जामा सुरक्षित हुन नसकिने बताए।
“हामीकहाँ हाइड्रोपावर प्रशस्त छ। किन सोलार बनाउनु आवश्यक छैन भनेर चार/पाँच वर्ष अघिसम्म पनि हामीले सोलारको आवश्यकतालाई ध्यान दिएका थिएनौँ,” सचिव घिमिरेले भने, “पछिल्ला तीन वर्षमा विनाशकारी बाढीले हाइड्रो पावरमा गरेको क्षति र गर्मीको समयमा खोला तथा नदीमा पानी कम हुँदा विद्युत् उत्पादन कम भएपछि सौर्य ऊर्जाको आवश्यकतामा जोड दिनुपर्छ भन्ने महसुस भयो। अहिले सौर्य ऊर्जालाई प्राथमिकतामा राखिएको छ।”
सौर्य ऊर्जा उत्पादनका हिसाबले नेपाल दक्षिण एशियामै सम्भावनायुक्त भएको देशमा गनिन्छ। ३६५ दिनमध्ये नेपालमा ३०० भन्दा बढी दिन घाम लाग्ने भएकाले सौर्य ऊर्जाको सम्भावना बलियो रहेको सौर्य ऊर्जामा काम गर्ने सौर्य ऊर्जा उत्पादक एसोसिएसन नेपालका अध्यक्ष सन्दीप शाह बताउँछन्।
नेपालले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा गरेका प्रतिबद्धताहरूले पनि जैविक ऊर्जाको प्रयोगलाई घटाएर नवीकरणीय र हरित ऊर्जा बढाउनु पर्ने दबाबमा रहेको मन्त्रालयका सचिव घिमिरे बताउँछन्। उनका अनुसार सोलारमा आधारित १ हजार २४४ मेगावाट विद्युत् उत्पादनका लागि विभिन्न कम्पनीले अनुमति लिएका छन्। सोलारबाट उत्पादित ७० मेगावाट विद्युत् प्रसारण लाइनमा जोडिएको छ। सोलारमा आधारित ११३ मेगावाट क्षमताको विद्युत् निर्माणाधीन अवस्थामा रहेको छ।
सन् २०१९ मा स्थापना भएको इन्टरन्यासनल सोलार एलायन्समा ११६ देश सहभागी छन्। एलायन्सले विश्वव्यापी रूपमा सोलारको प्रवर्द्धनमा काम गर्दै आएको छ। एशियाली विकास बैंक र एलायन्सले नेपालमा सौर्य ऊर्जाको प्राविधिक तथा क्षमता विकासका लागि २ मिलियन अमेरिकी डलर सहयोग गरेको छ।
नेपालले सन् २०२८ सम्म विद्युत् खपत प्रतिघण्टा १ हजार ५०० किलोवाट पुर्याउने लक्ष्य लिएको छ। अहिले खपत प्रतिघण्टा ३५१ किलोवाट मात्र छ भने आर्थिक वर्ष २०८०/०८१ प्रतिघण्टा विद्युत् खपत ४५० किलोवाट पुर्याउने लक्ष्य राखिएको छ।
अहिले बर्खाको समयमा नेपालको विद्युत् उत्पादन क्षमता २ हजार ७०० मेगावाट छ भने माग १ हजार ७०० मेगावाट छ। हिउँदमा भने उत्पादन १ हजार २०० मेगावाटमा खुम्चिन्छ। हिउँदको मागलाई धान्नका लागि करिब ४ देखि ५०० मेगावाट विद्युत् नेपालले भारतबाट खरिद गर्दै आइरहेको छ। त्यसैगरी गत वर्षदेखि बर्खाको सिजनमा करिब ४०० मेगावाट विद्युत् भारत निकासी गर्न शुरू गरिएको कार्यक्रम जानकारी दिइएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
