अहिले सिनेमा हलमा दर्शकको उपस्थिति निराशाजनक छ। अधिकांश हल आधाभन्दा कम दर्शकका भरमा चलचित्र प्रदर्शन गरिरहेका छन् भने टिकटबाट हुने आम्दानी उल्लेख्य मात्रामा घटेको छ।
काठमाडौँ– जेठ अन्तिम सातातिर हिन्दी सिनेमा आदिपुरुषमा 'सिता भारतकी पुत्री हुन्' भन्ने आशयको संवाद राखिएको भन्दै काठमाडौँका मेयर बालेन शाहले महानगरका हलमा हिन्दी भाषाका कुनै पनि चलचित्र चल्न नदिने घोषणा गरे। संवादले नेपालको मर्यादामा आँच पुर्याएको बालेनको दाबी थियो। त्यसपछि प्रमुख हलमा नगर प्रहरी तैनाथ गरिए।
आदिपुरुषका संवाद लेखक मनोज शुक्लाले 'नेपाल १९०३-१९०४ सम्म भारतकै भूभाग रहेको' भन्ने बयान दिएपछि स्थिति झनै तनावपूर्ण भयो। यसबीच, नेपाल चलचित्र संघले आदिपुरुष चल्न बन्देज लगाए पनि अरू हिन्दी चलचित्र चल्न दिनुपर्ने माग राख्यो। तर, महानगरले मानेन। संघ बालेनको निर्णयविरुद्ध अदालत गयो।
अदालतले आदिपुरुषलगायत अरू हिन्दी चलचित्र चल्न दिने आदेश जारी गर्यो। त्यसपछि शाहले अदातलको आदेश राष्ट्रघाती भएको भन्दै त्यसलाई नमान्ने प्रतिक्रिया दिए। यी घटनाक्रमबीच अहिले सिनेमा हलमा दर्शकको उपस्थिति निराशाजनक छ। अधिकांश हल आधाभन्दा कम दर्शकका भरमा चलचित्र प्रदर्शन गरिरहेका छन् भने टिकटबाट हुने आम्दानी उल्लेख्य मात्रामा घटेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
