भ्रष्टाचारका ठूला फाइलहरू खोल्न थालेपछि सरकार ढल्छ भनेर समाजमा भ्रम फैलाइएको मन्त्री गुरुङको भनाइ छ।
काठमाडौँ– कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सरकार नढल्ने दाबी गरेका छन्।
भ्रष्टाचारका ठूला फाइलहरू खोल्न थालेपछि सरकार ढल्छ भनेर समाजमा भ्रम फैलाइएको उनको भनाइ छ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित प्रशिक्षण कार्यक्रममा गुरुङले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेप्रति लक्षित गर्दै भने, “भोकाएको स्यालले श्राप दिँदैमा हात्ती मर्दैन।” एमाले सत्तामा जानका लागि भोकाइरहेको आरोप थियो।
“विकास निर्माणको कुरा गर्ने तर त्यो बीचमा भ्रष्टाचारले भ्वाङ पारिहाल्ने जुन प्रवृत्ति छ यसलाई रोक्न सरकार लागेको छ,” कांग्रेस उपसभापतिसमेत रहेका गुरुङले भने, “गठबन्धनको सरकार ढल्छ भन्ने पनि सुनिएको छ। ठूला भ्रष्टाचारको फाइल खोल्दा विभिन्न हल्ला फिँजाइएको छ। भोकाएको स्यालले हात्ती मरोस् भनेर सराप्दैमा हात्ती मर्दैन।”
सुशासन दिने र भ्रष्टाचार निमिट्यान्न बनाउने कामबाट सरकार पछि नहट्ने मन्त्री गुरुङको भनाइ छ। “हामी ठिक मिसनमा छौँ। ठिक ढंगमा छौँ,” उनले भने, “एकपछि अर्को भ्रष्टाचारको काण्ड छानबिन गरी सुशासनको प्रत्याभूति दिलाउँछौँ।”
नेपाली राजनीतिमा लामो समयदेखि निराशाको बादल मडारिएको मन्त्री गुरुङको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
