फ्रान्सको राजधानी पेरिसमा सवारी चालक रहेका १७ वर्षीय किशोरको प्रहरीले गोली हानी हत्याको घटनापछि एक दर्जनभन्दा बढी शहरमा रातभर हिंसात्मक आन्दोलन चर्किएको थियो।
फ्रान्समा जारी आन्दोलनमा सहभागी भएका मध्ये १८० जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ। एक प्रहरी अधिकारीले १७ वर्षीय चालक नहेल एमको हत्या गरेको विरोधमा प्रदर्शनकारीले लगातार दोस्रो रात आन्दोलन चर्काएका हुन्। प्रदर्शनका क्रममा सवारीसाधन र भवनमा आगजनी भएपछि १८० प्रदर्शनकारीलाई पक्राउ गरिएको अधिकारीहरूले बताएका छन्।
न्युयोर्क टाइम्सका अनुसार फ्रान्सको राजधानी पेरिसमा सवारी चालक रहेका नहेलको गोली हानी हत्याको घटनापछि एक दर्जनभन्दा बढी शहरमा रातभर हिंसात्मक दंगा मच्चिएको थियो। प्रदर्शनकारीले सवारीसाधन जलाएको, भवनमा आगजनी गरेका र आतिशबाजी गरेको घटनापछि फ्रान्सका अभियोजनकर्ताहरूले ती प्रहरी अधिकारीलाई हत्याको अभियोगमा अनुसन्धानको दायरामा ल्याएका छन्।
यता, राष्ट्रपति इमानुएल म्याक्रोँले बिहीबार बिहान आपत्कालीन बैठक डाकेर छलफल गरेका थिए। उनले बैठकपछि हिंसात्मक प्रदर्शनलाई ‘अन्यायपूर्ण’ भनेका छन्। उनले शान्त रहन जनतालाई अपिल गरेका छन्।

फ्रान्सका गृहमन्त्री गेराल्ड डार्मानिनले बिहीबार देशभर १८० जनालाई पक्राउ गरिएको र १७० जना अधिकारी घाइते भएको बताए। प्रदर्शनकारीले पेरिसनजिकैको ट्राप्स र उत्तरमा रुएन लगायतका शहरका प्रहरी चौकीमा तोडफोड र आतिशबाजी गरिएको थियो। पेरिसको शहर क्लामार्टमा एउटा ट्रामवेमा आगजनी गरिएको थियो। दंगा नियन्त्रणका लागि बिहीबार साँझ करिब ४० हजार सुरक्षाकर्मी परिचालन गरिने गृहमन्त्री डार्मानिनले बताए।
यसैबीच पेरिसको शहर नान्तेरेमा हजारौँ मानिस नाहेलको न्यायका लागि निकालिएको मार्चमा सहभागी भएका छन्। उनकी आमा फ्ल्याटबेड ट्रकको पछाडि उभिएर 'नहेलका लागि न्याय' भन्दै नारा लगाएकी थिइन्। उनले लगाएको सेतो टि–सर्टमा 'जस्टिस फर नाहेल' र उनको मृत्यु भएको मिति लेखिएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार पेरिसको पश्चिममा पर्ने नान्तेरेमा एक प्रहरी अधिकारीले नहेलमाथि गोली हानेका थिए। मंगलबार ट्राफिक जाँचका क्रममा नहेलको हत्या भएको थियो। यो घटनाले फ्रान्सको गरिबहरू बसोबार गर्ने क्षेत्रमा प्रहरीविरुद्ध दशकौँदेखिको अविश्वास र आक्रोश एकाएक सडक प्रदर्शनका रूपमा पोखिएको थियो। नान्टेरेमा युवाहरूको समूहले दर्जनौँ कारमा आगजनी गर्नुका साथै दंगा प्रहरीमाथि ढुंगामुढा गरेका थिए। सो क्रममा सुरक्षाकर्मीले प्रदर्शनकारीलाई लक्षित गर्दै अश्रुग्यास प्रहारका थिए।
नान्टेरेका उच्च अधिकारी पत्रकार सम्मेलनमा हतियार प्रयोगका लागि कानूनी शर्तहरू पूरा नगरेको पाइएको बताउँदै गोली हान्ने अधिकारीलाई हिरासतमा राख्न आग्रह गरेका थिए। ती अधिकारीलाई बिहीबार अनुसन्धानकर्ताहरूले न्यायाधीशहरूसमक्ष पेश गर्दै छन्। गृहमन्त्रीले ती अधिकारीलाई जागिरबाट निलम्बित गरिने पनि बताए। गोलीकाण्डमा मारिएका किशोरका वकिलले दुई प्रहरी अधिकारीविरुद्ध उजुरी दिने बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
