२० वर्ष पुराना गाडी हटाउने निर्णयविरुद्ध प्रदर्शन

साना यात्रुवाहक सवारी, ढुवानीसम्वद्ध यातायात व्यवसायी र चालकले आआफ्ना सवारी साधन रोकेर प्रदर्शन गरेका छन्। 

काठमाडौँ– २० वर्ष पुराना गाडी हटाउने सरकारको निर्णय खारेज हुनुपर्नेलगायत माग राख्दै ट्याक्सी, ट्रक र ट्यांकर चालकले काठमाडौँमा प्रदर्शन गरेका छन्।

राष्ट्रवादी ट्याक्सी तथा चालक व्यवसायी संघको अगुवाइमा  बिहीबार बिहान कलंकी–बालाजु खण्डमा प्रदर्शन गरेका हुन्। जसका कारण सवारी आवागमन प्रभावित भएको थियो।

पार्किङ स्ट्यान्ड हुनुपर्ने, २० वर्ष पुराना गाडी हटाउने निर्णय खारेज हुनुपर्ने, ट्राफिक प्रहरीको ज्याजति बन्द हुनुपर्ने, अनलाइन ट्याक्सी बुकिङ बन्द हुनुपर्नेलगायत माग उनीहरूको छ।

सरकारका नीति र निर्णय आफूहरूको बाँच्न पाउने हकविरुद्ध भएको भन्दै उनीहरूले नाराबाजी गरेका छन्।