काठमाडौँका मेयर बालेन शाहले सामुदायिक विद्यालयको तलब स्केल सार्वजनिक गर्दै संस्थागत विद्यालयका शिक्षकलाई पनि त्यहीअनुसार तलब दिन निर्देशन दिएका हुन्।
काठमाडौँ– शिक्षकलाई सरकारले तोकेको तलब दिन काठमाडौँ महानगरपालिकाकाले निजी विद्यालयहरूलाई निर्देशन दिएको छ।
महानगरका मेयर बालेन शाहले सामुदायिक विद्यालयको तलब स्केल सार्वजनिक गर्दै संस्थागत विद्यालयका शिक्षकलाई पनि त्यहीअनुसार तलब दिन निर्देशन दिएका हुन्।
“काठमाडौँ महानगरपालिकामा संस्थागत विद्यालयका शिक्षकको तलब सामुदायिक विद्यालयको भन्दा न्यून भएको गुनासो आउने गरेको छ,” उनले फेसबुकमा भनेका छन्, “तर शिक्षा ऐन, २०२८ को दफा १२ मा संस्थागत विद्यालयका शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको स्केल नघटाई तलब दिनुपर्ने भनी उल्लेख गरिएको छ। यस्तै, काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदान लगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी संघीय शिक्षा कानूनमा तोकिएबमोजिम हुने उल्लेख गरिएको छ।”
सरकारले तोकेबमोजिम तलब नपाए महानगरको शिक्षा विभागमा सम्पर्क गर्न पनि निजी विद्यालयका शिक्षकलाई उनले अनुरोध गरेका छन्।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
