पारिवारिक विवादका कारण आक्रमण भएको र तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको एक घरमा सशस्त्र समूहले एकै परिवारका नौ जनाको हत्या गरेका छन्। आक्रमणमा अन्य दुई जना घाइते भएका छन्।
बुधबार मालाकन्द जिल्लाको बगरदरा क्षेत्रमा केही व्यक्तिले घरमा पसेर अन्धाधुन्ध गोली चलाउँदा परिवारका सबै व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ।
पारिवारिक विवादका कारण आक्रमण भएको र तीन जनालाई पक्राउ गरिएको सुरक्षा अधिकारीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ।
घटनालगत्तै सुरक्षा अधिकारी र उद्धारकर्मी पुगेका थिए र पीडितलाई स्थानीय अस्पतालमा लगिएको थियो। मृत्यु हुनेमा चार महिला, तीन पुरुष र दुई बालबालिका रहेका छन्।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
