परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, स्वतन्त्रता र अन्तर्राष्ट्रिय सीमामा आँच आउन नदिन र नेपालको एक इन्च जमिन पनि अतिक्रमण हुन नदिन सरकार प्रतिबद्ध रहेको बताए।
काठमाडौँ– परराष्ट्रमन्त्री नारायण प्रकाश साउदले भारतको संसद् भवनमा नेपाली भूमि समेटिएको नक्सा राखिएको सम्बन्धमा भारतीय पक्षसँग कुरा गरी प्रतिवेदन पठाउन नेपाली राजदूतावासलाई निर्देशन दिएको बताएका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री साउदले संसद् भवनमा राखिएको नक्साको विषयमा भारतीय पक्षसँग कुरा गरी प्रतिवेदन पठाउन नयाँ दिल्लीस्थित नेपाली राजदूतलाई निर्देशन दिइसकिएको बताएका हुन्।
उनले यसप्रति नेपाल सरकारको ध्यानाकर्षण भएको भन्दै नक्साको विषय राजनीतिक विषय नभएको भनी भारतीय सरकारका विदेशमन्त्रीबाट आधिकारिक धारणासमेत आइसकेको बताए।
“नवनिर्मित भारतीय संसद् भवनमा राखिएको म्युरलका सम्बन्धमा नेपाल सरकारको निश्चय नै ध्यानाकर्षण भएको छ। सो म्युरलको क्याप्सनमा सम्राट् अशोकको समयमा उनको साम्राज्यको फैलावट जनाइएको भनी लेखिएको र सो राजनीतिक विषय नभएको भनी भारतीय सरकारका तर्फबाट आधिकारिक धारणासमेत त्यहाँका विदेशमन्त्रीबाट आइसकेको बेहोरा सम्मानित सदनलाई अवगत नै छ,” उनले भने।
उनले देशको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, स्वतन्त्रता र अन्तर्राष्ट्रिय सीमामा कुनै आँच आउन नदिन र नेपालको एक इन्च जमिन पनि अतिक्रमण हुन नदिन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे।
मन्त्री साउदले भारतीय चलचित्र ‘आदिपुरुष’मा सीताका बारेमा प्रयोग भएको संवादमा ‘फ्याक्चुअल इरर’ देखिनु उचित नभएको बताए। उनले सीता नेपालकी छोरी भएको तथ्य सर्वमान्य भएको र भारतमा समेत यो विषय निर्विवाद भएको उल्लेख गरे।
“भारतीय चलचित्र आदिपुरुषमा सीताका बारेमा प्रयोग भएका संवादका सम्बन्धमा नेपालको सेन्सर बोर्ड पनि सचेत रहेको छ,” उनले भने।
मन्त्री साउदले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्नेमा सरकार दृढ रहेको बताए। उनले यस विषयमा देशमा राष्ट्रिय सहमति नै रहेको बताए। भारतसँग भएका सीमा समस्या समाधान स्थापित कूटनीतिक संयन्त्रमार्फत गरिने उनको भनाइ थियो।
“भारत भ्रमणका अवसरमा नेपाल र भारतका प्रधानमन्त्रीबीच भएको भेटवार्ताका क्रममा सीमा समस्यासम्बन्धी विषयलाई स्थापित कूटनीतिक संयन्त्रहरूमार्फत समाधान गर्ने कुराकानी भएको छ,” उनले भने।
रुसी सेनामा नेपालीहरू भर्ना भइरहेको चर्चाबारे बोल्दै उनले नेपालले केही मित्रराष्ट्रहरूसँग विगतमा गरेका समझदारीअनुरूप परम्परागत रूपमा त्यहाँको राष्ट्रिय सेनामा नेपाली नागरिक भर्ना हुँदै आएकोमा बाहेक विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिने नेपाल सरकारको कुनै नीति नभएको स्पष्ट पारे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
