जसपाले छानबिन समितिको सिफारिसअनुसार पाँच जनालाई पार्टीबाट निष्कासन गर्नुका साथै पार्टीका केही केन्द्रीय नेताहरूलाई नसिहत दिने निर्णय भएको छ।
काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेपालको शनिबार बसेको केन्द्रीय समितिको बैठकले पार्टीका पाँच जना केन्द्रीय सदस्यलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ।
बैठकले विसं २०७९ मंसिरमा सम्पन्न भएको निर्वाचनमा अन्तर्घात गर्ने पार्टीका केन्द्रीय सदस्य दीपेन्द्र नेम्वाङ, देउकुमार नेम्वाङ, महेन्द्र चौधरी, मनोरञ्जन गोइत र धर्मेन्द्र मरवैतालाई पार्टी सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
उनका अनुसार छानबिन समितिको प्रतिवेदनको सिफारिसअनुसार पाँच जनलाई पार्टीबाट निष्कासन गरिनुका साथै पार्टीका केही केन्द्रीय नेताहरूलाई नसिहत दिने निर्णय भएको छ। कारबाहीको निर्णयउपर चित्त नबुझेमा सम्बन्धित व्यक्तिले १५ दिनभित्र पार्टीको अनुशासन आयोगमा निवेदन दिन सक्ने सो पार्टीले जनाएको छ।
यसैगरी आजको बैठकले विधानको मस्यौदालाई अनुमोदन गरेको छ। उक्त अनुमोदित विधानको मस्यौदा आइतबारदेखि शुरू हुने विधान अधिवेशनमा प्रस्तुत हुने जनाइएको छ। सशस्त्र जनयुद्ध, जनआन्दोलन र मधेश जनविद्रोहजस्ता राजनीतिक संघर्ष र आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षार्थ गठित पार्टी सम्बद्ध समाजवादी मोर्चालाई पार्टीको केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको केन्द्रीय प्रचार विभाग प्रमुख बस्नेतले बताए।
केन्द्रीय कार्यकारिणी समिति र राजनीतिक समितिका बैठकले गरेका यसअघिका निर्णयलाई समेत आजको बैठकले अनुमोदन गरेको जनाइएको छ। आइतबारको बैठकमा केन्द्रीय समितिका चार सय २३ सदस्य साथै प्रदेश समिति, राष्ट्रिय समिति, विशेष प्रदेश समिति, जिल्ला समिति, महानगर, भ्रातृ संगठन तथा केन्द्रीय समितिबाट मनोनीत हुने १० जनासहित सात सय ७८ प्रतिनिधि सहभागी हुने सो पार्टीले जनाएको छ। यसरी सहभागी भएका प्रतिनिधिलाई ११ वटा समूहमा विभाजन गरेर विधानमाथि छलफल हुने जनाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
