नेपाल प्रहरीले लागुऔषधसहित १२ जनालाई पक्राउ गरेकाे छ। उनीहरूको साथबाट बरामद लागुऔषधको बजारमूल्य दुई करोड ३३ लाख रहेको एसपी चक्रराज जाेशीकाे भनाइ छ।
काठमाडाैँ– नेपाल प्रहरीले अवैध लागुऔषध कारोबार गर्ने ५ विदेशीसहित १२ जनालाई पक्राउ गरेकाे छ।
विभिन्न स्थानबाट पक्राउ परेका उनीहरूलाई प्रहरीले शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेकाे हाे। जेठ २८ गते काठमाडौँको सिनामंगलमा भारत विहारका हेमन्तकुमार भगतलाई (लागुऔषध खैरो हेरोईन १०० ग्रामसहित) नियन्त्रणमा लिने क्रममा प्रहरीकाे पेस्तोल खोस्ने प्रयास गर्दा जवाफी कारबाहीमा घाइते भएका थिए।
उनीसँगकाे सोधपुछबाट सुनसरीकाे धरान बस्दै आएका सञ्जीव कुमारको समेत संलग्नता रहेको खुलेपछि उनलाई सुनसरीबाट असार ६ गते पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता एसपी चक्रराज जोशीले बताए।
यस्तै, जेठ २९ गते टर्किस एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट इस्तानबुल हुँदै जर्मन जान लागेका जर्मन नागरिक पाउल वेर्स्टले साथमा ल्याएको सुटकेस चेकजाँच गर्दा लागुऔषध चरेस छ केजी ८६० ग्राम बरामद भएको र निजलाई पक्राउ गरिएको उनले बताए।
यस्तै, असार ३० गते ललितपुरबाट चितवनका महेश चौध्रीलाई लागुऔषध कोडिन १६ बोतल, असार ५ गते काठमाडौँबाट चन्द्रागिरि नगरपालिका–८ का सुगम मैनालीलाई एलएसडी स्टिकर ७ पिस र असार ५ गते काठमाडौँका मुखिया गुरुङलाई कोकिनसिहत पक्राउ गरिएको एसपी जाेशीले बताए।
यस्तै, मोरङका राज गौतम र चेक रिपब्लिकका मार्टिना सेर्नालाई एलएसडी स्टिकर २६ थान तथा मेथाम्फेटामाइन ४०० एमजीसहित कास्कीस्थित पोखराको एक होटलबाट, असार ६ गते काठमाडाैँस्थित एक होटलबाट इटालियन नागरिक डेभिड मिनाडिओलाई ६ ग्राम चरेससहित पक्राउ परेका थिए।
यसैगरी थप अनुसन्धानका सिलसिलामा असार ७ गते काठमाडाैँबाट दावा तामाङ र नरबहादुर तामाङ र इन्डियन एयरलाइन्सबाट ओमान जान लागेका झापाका सुमन लिम्बूलाई अवैध लागुऔषध गाँजा ४ केजी ७५० ग्रामसहित पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ।
बरामद लागुऔषधको बजारमूल्य दुई करोड ३३ लाख रहेको एसपी जाेशीकाे भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
