भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले फास्ट ट्र्याक निर्माण कार्य २०८३ सालभित्र सम्पन्न गर्ने कार्ययोजना बनाएको बताएका छन्।
काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले काठमाडौँ–तराई द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माण २०८३ सालभित्र सम्पन्न हुने बताएका छन्।
सोमबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री ज्वालाले फास्ट ट्र्याक निर्माण कार्य २०८३ सालभित्र सम्पन्न गर्ने कार्ययोजना बनाएको बताएका हुन्।
उनले प्रधानमन्त्रीसहित द्रुतमार्गको निरीक्षण भएको भन्दै अब लामो समय नलगाउने गरी महँगोमा भए पनि तीन वर्षभित्र सम्पन्न गर्ने सरकारको योजना रहेको बताए।
“फास्ट ट्र्याकको लागत र समय बढेको छ। तर, अब सरकारले समय निर्धारण गरेको छ। विसं. २०८३ भित्र महँगो नै भए पनि निर्माण गर्ने योजना बनाएका छौँ। छिटो होला भनेर सरकारले नेपाली सेनालाई दिएको हो। अहिले विभिन्न कारणले ढिलो भए पनि अहिले काम तीव्र रूपमा अघि बढेको छ। अब २०८३ भित्र सम्पन्न हुन्छ,” उनले भने।
सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट सन्तुलित रहेको दाबी गर्दै उनले बाहिर चर्चा भएजस्तो सल्यान जिल्लामा धेरै बजेट नगएको बताए।
मन्त्री ज्वालाले आफ्नो निर्वाचन क्षेत्र र जिल्लामा बढी बजेट बनाउने मनसायले योजना छनोट नगरेको पनि प्रस्ट्याए। उनले मन्त्रालयले विभेदपूर्ण रूपमा बजेट कटौती गर्ने र कुनै ठाउँमा बजेट थुपार्ने काम नगरेको बताए।
उनले संघअन्तर्गतका सडकहरूमा पाँच लाख मात्रै बजेट भौतिक मन्त्रालयले नभएर अर्थ मन्त्रालयले छनोट गरिदिएको दाबी गरे। उनले बजेट सिलिङ बढाउनुपर्ने भौतिक मन्त्रालयको माग हुँदाहुँदै अर्थ मन्त्रालयले बजेट बनाउन ढोका बन्द गरेकाले परिवर्तन नभई प्रत्येक सडकमा पाँच लाख विनियोजन भएर आएको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
