कार्यक्रममा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले बेहोरिरहेको नागरिकता समस्या, विवाहलगायत आधारभूत मानव अधिकारबाट वञ्चित हुनुपरेका विषय पनि उठाइएको छ।
काठमाडौँ– निलहिरा समाजले गौरव महिनाको अवसर पारेर ‘ड्रयाग सो’को आयोजना गरेको छ।
यसअघि यस्तो कार्यक्रम गाईजात्राको समयमा हुने गरेको थियो। पहिलो पटक प्रतियोगिताका रूपमा कार्यक्रम आयोजना गरिएको समाजका कार्यक्रम संयोजक सञ्जय शर्माले जानकारी दिए। प्लास्टिकले वातावरणमा पारिरहेको प्रभावलाई मध्यनजर गर्दै कार्यक्रम गरिएको उनको भनाइ छ।

प्रतियोगितामा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका १० जना सहभागीले प्लास्टिकबाट बनेका पहिरन लगाएर प्लास्टिक रिसाइकलबारे उपाय सुझाउँदै ‘र्याम्प सो’ गरेका थिए। उनीहरूलाई २१ जनाबाट छनोट गरिएको थियो। त्यसमध्ये तृषा (पवन), एन्टी फ्रजायल (मनोज) र भेनिला (नरेश) विजेता बने।
‘ट्यालेन्ट सो’बाट टप ६ जना र ‘ब्याटल लिप्सिंग डान्स’बाट ३ जना विजेता छानिएको हो। कार्यक्रमको निर्णायक, इभेन्ट म्यानजमेन्ट, कोरियोग्राफी, मेकअपलगायत कार्य यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका मानिसले गरेको शर्माले बताए।

यस्तै, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले बेहोरिरहेको नागरिकता समस्या, विवाहलगायत आधारभूत मानव अधिकारबाट वञ्चित हुनुपरेका विषय पनि कार्यक्रममा उठाइएको थियो।
काठमाडौँको दरबारमार्गमा भएको कार्यक्रममा देश तथा विदेशबाट सहभागीहरू आएका थिए।




Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
