आफूमातहतका महिला प्रहरीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका एसएसपी योगबहादुर पाललाई गृह मन्त्रालयले निलम्बन गरेको छ।
काठमाडौँ– प्रहरी कार्यालयभित्रै महिला प्रहरीमाथि यौन दुर्व्यवहारको आरोप लागेका एसएसपी योगबहादुर पाल निलम्बितत भएका छन्। उनलाई गृह मन्त्रालयले बिहीबारदेखि लागू हुने गरी निलम्बन गरेको हो।
प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआइजी) कुबेर कडायतले बिहीबारदेखि लागू हुने गरी गृह मन्त्रालयले पाललाई निलम्बन गरेको जानकारी दिए।
कञ्चनपुरको महेन्द्रनगरस्थित प्रदेश प्रहरी कार्यालयमा कार्यरत रहँदा एसएसपी पालले गत १९ जेठमा सोही कार्यालयमा कार्यरत एक महिला प्रहरी सहायक हवल्दारले बिदा स्वीकृत गरेर घर जान लाग्दा भेट्न बोलाएर यौन दुर्व्यवहार गरेको आरोप छ।
बिदामा जान लाग्दा निवासमा बोलाएर ‘तिमी मलाई मन पर्यो आज गुड फ्राइडे मनाउनुपर्छ’ भन्दै दुर्व्यवहार पीडितको आरोप छ।दुर्व्यवहारमा परेकी ती प्रहरीले धनगढीस्थित प्रदेश प्रहरी कार्यालयमा पालविरुद्ध उजुरी दिएकी थिइन्।
पालविरुद्ध उजुरी परेपछि प्रदेश प्रहरी कार्यालयले प्रहरी उपरीक्षक (एसपी) श्यामसिंह चौधरीको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो। पाललाई प्रधान कार्यालयमा झिकाइ अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
यो पनि : एसएसपीबाटै महिला प्रहरीमाथि यौन दुर्व्यवहार: पहिले कारबाही भएन, यसपालि के होला?
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
