काठमाडौँ महानगरले निकाल्यो छात्रवृत्ति नदिने विद्यालयको सूची, जेठ २८ भित्र नदिए अनुमति रद्द गर्ने चेतावनी
महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५० को उल्लंघन गरी छात्रवृत्ति वितरण पेस नगर्ने ३४२ वटा विद्यालयको नाम सार्वजनिक गरेको छ।
काठमाडौँ– काठमाडौँ महानगरपालिकाले नियम अनुसार छात्रवृत्ति उपलब्ध गराउन नगराउने ३४२ विद्यालयको सूची सार्वजनिक गरेको छ।
महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५० को उल्लंघन गरी छात्रवृत्ति वितरण पेस नगर्ने विद्यालयको नाम सार्वजनिक गरेको हो। यस्तै, यही जेठ २८ गतेभित्र छात्रवृत्ति वितरण गरी विवरण पेस गर्न आग्रह गरेको छ।
“धेरै विद्यालयहरूले उक्त सूचनाका आधारमा छात्रवृत्ति वितरण गरी सोको विवरण पेस गर्ने गर्नु भएको छ। वहाँहरूलाई धन्यवाद दिन चाहन्छौँ,” नगरप्रमुख बालेन शाहले भने, “विवरण पेस नगर्ने विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द वा यस ऐन वा अन्य प्रचलित कानून बमोजिम हदै सम्मको कारबाही गरिने छ।”
महानगरले जेठ १० गते १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न र त्यसको विवरण सार्वजनिक गर्न भनेको थियो। महानगरको विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को परिच्छेद १० मा छात्रवृत्ति तथा निःशुल्क शिक्षा सम्बन्धी व्यवस्था रहेको छ।
सो नियमावलीको नियम ५८ अनुसार विद्यालयले छात्रवृत्ति उपलब्ध गराएको विद्यार्थीहरूको नामावली सार्वजनिक गर्नुपर्छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
