चार वर्षअघि पहिलोपटक भेटिँदा ह्वेल गोप्रो क्यामरासहितको माला लगाएको अवस्थामा थियो। मालामा ‘सेन्ट पिटर्सबर्गको उपकरण’ लेखिएका क्लिपहरू थिए।
मे महिनाको अन्तिम हप्ता स्विडेनको समुद्री तटमा एउटा रसियन जासुसी ह्वेल भेटिएको त्यसलाई ‘ट्र्याकिङ’ गरिरहेको एक संस्थाले जनाएको थियो।
त्यस बेलुगा ह्वेलको स्थानीय नाम ह्वाल्दिमिर राखिएको छ। उक्त ह्वेल नर्वेको समुन्द्री किनारमा पहिलोपटक सन् २०१९ मा देखिँदा त्यसको घाँटीमा रसियन माला (हार्नेस) थियो।
नर्वेको सुदूर उत्तरबाट बिस्तारै दक्षिणतर्फ यात्रा गर्दै यो ह्वेलले उक्त क्षेत्रमा वर्षौं बिताएको छ। उक्त ह्वेल अचेल नर्वेको पानीबाट बाहिर बारम्बार देखिने गरेको छ। ह्वेल मान्छेहरूको नजिक आउने गर्छ।
ह्वेलको ट्र्याकिङ गरिरहेको वानह्वेल संस्थाले त्यसमा एक्कासी देखिएको हतारोबारे स्पष्ट हुन नसकेको बताएको छ। बेलुगा ह्वेल पहिलोपटक चार वर्षअघि इन्गोया टापु नजिकै नर्वेजियन डुंगाहरू छेउ पुगेको थियो। यो टापु मर्मान्स्कबाट ४१५ किलोमिटर टाढा छ, जुन रुसको जलसेनाको आधार भूमि हो।

पहिलोपटक भेटिँदा ह्वेल गोप्रो क्यामरासहितको माला लगाएको अवस्थामा थियो। मालामा ‘सेन्ट पिटर्सबर्गको उपकरण’ लेखिएका क्लिपहरू थिए। नर्वेको जासुसी एजेन्सीले आफूले गरेको अनुसन्धानमा उक्त ह्वेललाई रसियन सेनाले तालिम दिएको हुनसक्ने जनाएको छ। यसको नाम ह्वाल्दिमिर पनि ह्वेल र रसियन राष्ट्रपति भ्लादिमिरको नामबाट राखिएको हो।
रुसले उक्त ह्वेललाई आफ्नो सेनाले तालिम दिएको औपचारिक रूपमा कहिल्यै घोषणा गरेको छैन। समुद्रका स्तनधारी जनावरलाई जासुसीका रूपमा तालिम दिने योजनालाई पहिला नै अस्वीकार गरिएको थियो।
रसियन रिजर्भ कर्णेल भिक्टर बरानेट्सले भनेका छन्, “यदि हामीले जनावरलाई जासुसीको लागि प्रयोग गरिरहेका थियौँ भने, ‘कृपया यो नम्बरमा कल गर्नुहोस्’ लेखेको सन्देशसहित मोबाइल नम्बर पनि संलग्न गर्ने थियौँ?’
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
