सेती नदीमा बाँध निर्माण गरी छ हजार ४०० मिटर लामो भूमिगत पाइपमार्फत पानी ल्याएर १८७ मिटर उचाइबाट पावर हाउसमा खसालेर विद्युत् उत्पादन गर्ने योजना छ।
कास्की– कास्कीमा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ।
आयोजनाको प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनीका अनुसार ९० प्रतिशत काम सकिएको हो। आयोजना माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलामा बनिरहेको छ।
२०७७ भदौदेखि आयोजना निर्माण शुरू भएको थियो। आयोजनाको सिभिल, हाइड्रो मेकानिकल, इलेक्ट्रोमेकानिकल र ट्रान्समिसन लाइन (प्रसारण लाइन) निर्माणतर्फका सबै काम अन्तिम चरणमा पुगेको कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले बताए।
मंसिरभित्रमा आयोजना सम्पन्न भएर व्यावसायिक उत्पादन हुनेछ। “जलविद्युत्मा २५ मेगावाट परियोजना सानो होइन। धेरै मानिस जोडिनुभएको छ। एक हजार ५०० जना प्रवर्द्धकको लगानी छ,” उनले भने, “शुरूआती लागत बढेको छैन। छिट्टै सफलता मिल्नेमा आशावादी छौँ।”
भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी छ हजार ४०० मिटर लामो भूमिगत पाइपमार्फत पानी ल्याएर १८७ मिटर उचाइबाट पावर हाउसमा खसालेर विद्युत् उत्पादन गर्ने योजना छ। पाइपमार्फत लगिएको पानी पावर हाउसमा रहने १२.५ मेगावाट क्षमताका दुई वटा टर्वाइनमा खसालिने छ। आयोजना नदी जलप्रवाहमा आधारित छ ।
कोरोना कहरबीच शुरू भएको आयोजनाको म्याद २०८१ साउनसम्म रहेको छ। आयोजनामा पाँच अर्ब लगानी रहेको छ। यसमा तीन अर्ब ५० करोड विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन्। अन्य लगानी प्रवर्द्धक, स्थानीयवासी तथा आईपीओ जारी गरेर पूरा गरिने आयोजनाले जनाएको छ ।
हेडबक्सको काम सकिएर पानी पठाउन शुरू भएको इन्जिनियर उपेन्द्र घिमिरेले बताए। त्यसैगरी पाइपलाइनतर्फ १५० मिटर जति मात्र काम बाँकी छ। “पावर हाउसको सिभिलको काम सकिएको छ। स्विचयार्डको काम भइरहेको छ र इलेक्ट्रोमेकानिकलको केही सामान आउन बाँकी छ,” घिमिरेले भने, “सबै क्षेत्रतर्फ गर्नुपर्ने मुख्य काम सकिएको छ। केही सानातिना काम पूरा गर्नुपर्नेछ।”
सेती आयोजनाबाट उत्पादित विद्युत् चार किमी दूरीमा लाहाचोकमा रहेको नेपाल विद्युत् प्राधिकरणको सवस्टेशनमा जोडिनेछ। विद्युत् गृहबाट सवस्टेशनसम्म प्रसारण लाइन निर्माण भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
