नेपाली कांग्रेसका सभापति देउवाले कसैको विरोध गरेर पार्टी ठूलो नबन्ने बताएका छन्। अब युवा पुस्ता मिलेर कांग्रेसलाई बलियो बनाउनुपर्ने उनको भनाइ छ।
काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र कसैको विरोध गरेर पार्टी ठूलो नबन्ने बताएका छन्। शनिबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति, ललितपुरको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै कांग्रेस सभापति देउवाले महामन्त्री गगन थापाप्रति संकेत गर्दै व्यक्तिलाई गाली गरेर पार्टी ठूलो नबन्ने बताएका हुन्।
महामन्त्री थापाले सार्वजनिक कार्यक्रममै पार्टी सभापति देउवाले एक्लौटी निर्णय गरेका कारण कांग्रेस कमजोर बन्दै गएको आरोप लगाएका थिए। यद्यपि, शनिबारको कार्यक्रममा देउवाले सभापतिमा रहेर काम गर्ने कार्यकाल यो नै अन्तिम रहेको उल्लेख गर्दै देउवालेले अब पालो युवा पुस्ताकै भएको बताए। “अब त मैले सहयोग गर्ने हो, पार्टी सभापति हुने होइन,” उनले भने, ”एक जनालाई गाली गरेर पार्टी बलियो हुँदैन। सबै एक भएर गए पार्टी बलियो हुन्छ,”
उनले काम गरेर पार्टीलाई बलियो बनाउन कसैले पनि नरोकेको स्पष्ट पारे। पार्टी बलियो बनाउन जनताको काँधमा काँध मिलाइ जनसम्पर्क बिस्तार गर्नुपर्ने उनको भनाइ छ। उनले सबै एकजुट भएर लागे मात्रै पार्टीलाई बलियो बनाउन सकिने उल्लेख गरे। उनले आफूले कांग्रेसलाई देशको ठूलो पार्टी बनाएको पनि बताए।
कांग्रेस विधि र नियममा चल्न सकेन: प्रकाशमान सिंह
त्यस्तै, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधि र नियममा नचलेको आरोप लगाए। विधिसम्मत रूपमा पार्टी नचल्दा नै असन्तोष व्यक्त भइरहेको उनको भनाइ छ। उनले विधिसम्मत रूपमा अघि बढे कांग्रेसले कुनै पनि पार्टीको चुनौती सहन गर्न नपर्ने बताए।
“केन्द्रीय कार्यसमिति, पार्टी सभापतिज्यूले सम्पन्न गर्नुपर्ने, पदाधिकारीले गर्नुपर्ने सबै काम गरेर बाँकी समयमा नेपाली कांग्रेस आउने दिनका चुनौती सशक्त रूपमा निभाउनुपर्छ भनेर हामी लाग्नुपर्छ,” उनले भने।
नेता सिंहले उनले कांग्रेस पार्टी राम्रो विचारधारा भएको अन्य कुनै पार्टी नरहेको जिकिर गरे। जननिर्वाचित प्रतिनिधि र संगठनका नेताहरूबीच समन्वय हुन आवश्यक देखिएको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
