मन्त्रिपरिषद् बैठकले जापानले मानव संसाधन विकास छात्रवृत्तिका प्रदान गर्ने ४१ करोड रुपैयाँ अनुदान सहायता स्वीकार गर्नेसमेत निर्णय गरेको छ।
काठमाडौँ– सरकारले बैठकले प्रत्येक वर्ष असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद् उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइनन्। “ मन्त्रिपरिषद्ले शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको प्रस्तावमा अबदेखि प्रत्येक वर्ष असोज २ गते शिक्षा दिवस मनाउने निर्णय गरेको छ,” उनले भनिन्।
यस्तै, मन्त्रिपरिषद् बैठकले जापान सरकारबाट मानव संसाधन विकास छात्रवृत्तिका लागि प्राप्त हुने ४१ करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
विद्यालय क्षेत्र आयोजनाका लागि विश्वव्यापी साझेदार संस्थाबाट १९.७० मिलियन अमेरिकी डलर सहायता र विद्यालय क्षेत्र रूपान्तरण कार्यक्रमका लागि विश्व बैंकबाट १२० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्नेसमेत निर्णय भएको मन्त्री शर्माले जानकारी दिइन्।
यस्तै, बैठकले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान विकास समिति गठन तेस्रो संशोधन आदेश २०८०, स्वीकृत गर्ने निर्णय पनि गरेको छ। भन्सार महसुलसम्बन्धी विधेयक तर्जुमाका लागि स्वीकृति प्रदान गर्ने निर्णय भएको मन्त्री शर्माले बताइन्।
यो निर्णयले भन्सार महसुल सम्बन्धी नयाँ विधेयक तर्जुमा गर्ने बाटो खुलेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
