सहसचिव कोइरालाले सम्भावित विपद्को आकलन गर्दै सबै सरकारी र गैरसरकारी संयन्त्रलाई तयारी अवस्थामा राखिएको बताए।
काठमाडौं– सरकारले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका दिनमा आउन सक्ने विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको बताएको छ।
सरकारले मतदानका दिन आउन सक्ने प्राकृतिक प्रकोप तथा मौसमी प्रतिकूलताको पूर्वानुमान गरी व्यवस्थापनको निम्ति तयारी अवस्थामा रहेको बताएको हो।
गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख रहेका सहसचिव प्रदीपकुमार कोइरालाले निर्वाचनका दिन आउन सक्ने प्राकृतिक प्रकोपको सम्भावनालाई मध्यनजर गरेर सरकार तयारी अवस्थामा रहेको बताए।
उनले जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने र्यापिड रेस्पोन्स फोर्सलाई तयारी अवस्थामा राख्ने बताए। सडक, खोला, नदी तथा तटबन्धमा हुने अवरोध तथा जोखिमलाई व्यवस्थापन गर्न सबै जिल्लाका प्रजिअलाई निर्देशन दिएको उनको भनाइ छ।
सहसचिव कोइरालाले सम्भावित विपद्को आकलन गर्दै सबै सरकारी र गैरसरकारी संयन्त्रलाई तयारी अवस्थामा राखिएको स्पष्ट पारे। "निर्वाचनसम्मै अलर्ट अवस्थामा राख्छौँ। हामी रेस्पोन्सको लागि तयारी अवस्थामा छौँ", उनले भने।
सहसचिव कोइरालाले जल तथा मौसम विज्ञान विभागले दिने पूर्वसूचनाको आधारमा मौसमी प्रतिकूलताका कारण आइपर्ने समस्या समाधानमा केन्द्रित हुने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
