नक्कली भुटानी शरणार्थी प्रकरणमा करिब दुई महिना लामो अनुसन्धान सकेर जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको छ।
काठमाडौँ– नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खोजिएको प्रकरणमा करिब दुई महिना लामो अनुसन्धान सकेर जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ।
सोमबार दिउँसो अनुसन्धान प्रतिवेदन प्रहरीले बुझाएको सरकारी वकिलको कार्यालय काठमाडौँका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले जानकारी दिए। “प्रहरीले अनुसन्धान सकेर हामीलाई आज मिसिल बुझाएको छ। अब त्यसको अध्ययन गर्छौं र अभियोग पत्र दायर गरिन्छ,” उनले भने, “अहिले नै मिसिल नहेरिसकेकाले के कस्तो अभियोग लैजाने भन्ने भन्न सकिन्न।”
जिल्ला सरकारी वकिलको कार्यालयले मिसिल अध्ययन गर्नका लागि ८ सदस्यीय टोली नै गठन गरेको छ। नेउपानेकै संयोजकत्मा सरकारी वकिलहरू सम्मिलित टोलीले मिसिलको अध्ययन गरेर अभियोग–पत्र दायर गर्नेछ। सरकारी वकिल कार्यालयका प्रमुख नेउपानेले आफूहरूले हदम्यादभित्रै मुद्दा दर्ता गर्ने तयारी गरिरहेको जानकारी दिए।
“भोलिसम्म अभियोग दायर गर्ने भन्ने पहिलेको तयारी थियो। मिसिल नै ढिलो आएकाले अब पर्सिसम्म समय लाग्न सक्छ,” उनले भने। संगठित अपराधअन्तर्गत अनुसन्धान भएको मुद्दामा अनुसन्धान र अभियोजनसहित ६० दिनभित्रमा अभियोग पत्र अदालतमा दायर भइसक्नुपर्छ।
प्रहरीले यो प्रकरणमा कानूनले आकर्षित गर्ने सबै दफाको मागदाबी राखेर प्रतिवेदन बुझाएको छ। यो प्रकरणमा ३३ जना संलग्न रहेको निष्कर्ष निकालेको प्रहरीले मिसिलमा २६ करोड भन्दा बढी बिगो मागदाबीसमेत गरेको छ। अहिलेसम्म यो प्रकरणमा १६ जना पक्राउ परेको र १७ फरार प्रतिवादी बनाएर प्रतिवेदन बुझाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
