भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि वैशाखसम्म १३ खर्ब ३५ अर्ब ३२ करोड रुपैयाँ बराबरको वस्तु तथा सामग्री आयात भएको छ।
काठमाडौँ– चालु आर्थिक वर्षको १० महिनामा (साउन–वैशाख) मुलुकको व्यापार घाटा १२ खर्ब ४ अर्ब पुगेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनमा १५.८५ प्रतिशतले कम हो।
पोहोर १० महिनाको अवधिमा व्यापार घाटा १४ खर्ब ३१ अर्ब रुपैयाँ पुगेको थियो। आयातमा करिब १७ प्रतिशतले कमी आएसँगै मुलुकको व्यापार घाटामा सुधार देखिएको हो।
भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि वैशाखसम्म १३ खर्ब ३५ अर्ब ३२ करोड रुपैयाँ बराबरको वस्तु तथा सामग्री आयात भएको छ। गत वर्षको सोही अवधिमा भने १६ खर्ब बढीको आयाग गरिएको विभागको तथ्यांक छ।
पोहोर १० महिनामा १ खर्ब ७३ अर्बको नेपालबाट निर्यात भएकोमा यो आर्थिक वर्षको उक्त अवधिमा भने १ खर्ब ३० अर्ब ९० करोडमा खुम्चिएको छ। यो गत आर्थिक वर्षको तुलनामा २४.४९ प्रतिशतले कमी हो।
नेपालले गर्ने कुल वैदेशिक व्यापार पनि १७.५४ प्रतिशतले घटेको छ। गत आर्थिक वर्ष १७ खर्ब ७८ अर्ब रुपैयाँको मुलुकको वैदेशिक व्यापार भएकोमा यो वर्ष १४ खर्ब ६६ अर्बमा सीमित भएको छ। कुल वैदेशिक व्यापारमध्ये आयातले ९१ र निर्यातले करिब ९ प्रतिशत हिस्सा आगेटेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
