राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना र रुसी समकक्षीबीच भएको भेटवार्तामा उठेका परियोजनामा चासो राख्दै रुसले प्रस्ताव माग गरेको हो।
काठमाडौँ– रुसले आफ्नो सहयोगमा निर्माण तथा सञ्चालन सक्ने विभिन्न १३ वटा परियोजनाका लागि नेपाल सरकारसँग विस्तृत परियोजना प्रस्ताव मागेको छ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना र रुसी समकक्षीबीच भएको भेटवार्तामा उठेका परियोजनामा चासो राख्दै रुसले प्रस्ताव माग गरेको हो। रुसले विद्युतीय रेलवे, राजमार्ग, बालबालिका क्यान्सर अस्पताल निर्माण, नेपाली विद्यार्थीलाई मस्कोमा अध्ययन छात्रवृत्ति कोटा बढाउनेलगायत परियोजना रहेका छन्।
अध्यक्ष तिमिल्सिनाले वैशाख ६ देखि ११ गतेसम्म रुस भ्रमण गरेका थिए। सो क्रममा रुसको उपल्लो सदन ‘फेडेरल एसेम्बली’का अध्यक्ष भ्यालेन्टिना मात्भिएन्को, तल्लो सदन ‘डुमा’का अध्यक्ष भ्याचेस्लाभ भोलोदिन र रुसी उपप्रधानमन्त्री दिमित्री चेर्निसेन्कोसँग भेट भएको थियो।
रुसले पूर्व–पश्चिम विद्युतीय रेलमार्ग र काठमाडौँमा मस्को रेलवेसँग मिल्दोजुल्दो रेलवे निर्माण गर्न तथा पोखरादेखि नजिकका पर्यटकीयस्थललाई जोड्ने पोखरा–रिडी सडक निर्माणका लागि परियोजना प्रस्ताव मागेको छ। पोखरादेखि पर्वत हुँदै गुल्मी पुग्ने उक्त सडकको लागत ४ अर्ब छ।
अध्यक्ष तिमिल्सिनाको प्रस्ताव अनुसार यो सडक रुसले आफ्नै लगानीमा निर्माण गर्न इच्छा देखिएको छ। यसैगरी काठमाडौँ र पोखरामा बालबालिकाको क्यान्सर सम्बन्धी उपचार गर्ने दुई वटा अस्पताल निर्माण गर्न पनि रुसले चासो देखाएको छ। अहिले चिकित्सा र इन्जिनियरिङ अध्ययनका लागि वार्षिक १८ जना नेपालका विद्यार्थीलाई रुसले छात्रवृत्ति उपलब्ध गराउँदै आएकोमा १५० देखि २०० जना विद्यार्थीलाई उपलब्ध गराउन खोजेको छ।
यस्तै रुसले नेपालमा जीटुजीमार्फत रासायनिक मल र गहुँ निर्यात गर्नसमेत चासो देखाएको थियो। यसबाहेक पेट्रोलियम पदार्थ उपलब्ध गराउने प्रस्ताव पनि मागेको छ। मस्को–नेपाल सिधा हवाई उडान गर्ने, हिमाली तथा पहाडी क्षेत्रमा उपयुक्त हुने रुसी हेलिकप्टर बिक्री गर्ने तथा पहाडी क्षेत्रका लागि उपयुक्त हुने सवारीसाधान बिक्री गर्न पनि चासो राखेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
