१८ करोड लिटर पानी वितरण हुँदै आएकोमा मेलम्चीको पानी रोकिएसँगै अब ८ करोड लिटर पानी वितरण हुने भएको छ।
काठमाडौँ– आगामी जेठ ५ गतेदेखि १५ गतेसम्म १० दिन मेलम्ची खानेपानी आयोजनाले मेलम्ची सुरुङबाट पानी पथान्तरण बन्द हुने भएको छ। सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले आगामी जेठ ५ गतेदेखि १५ गतेसम्म १० दिन मेलम्ची सुरुङबाट हुने पानी पथान्तरण बन्द हुने जानकारी दिएको हो।
काठमाडौँ उपत्यका खानेपानीका प्रवक्ता प्रकाशकुमार राईका अनुसार मेलम्ची खानेपानी विकास समितिले आयोजनाको अम्बाथान स्थिति हेडवक्समा गेट नम्बर १ र ९ तथा अडिट सुरुङमा मेकानिकल पार्टको जडान लगायत संरचनाहरूको निर्माण तथा सुधार कार्य गर्न लागेकाले सुरुङ बन्द गर्न लागिए हो।
“अम्बाथानस्थित हेडवक्समा गेट नम्बर १ र ९ तथा अडिट सुरुङमा मेकानिकल पार्टको जडान लगायत संरचनाको निर्माण तथा सुधार कार्य गर्न २०८० जेठ ५ देखि १५ गतेसम्म १० दिनका लागि आयोजनाको मेलम्ची सुरुङ बन्द गर्न लागिएको छ,” उनले भने।
उक्त कार्य सम्पन्न भएपश्चात् यो वर्षको वर्षा याममा पनि आयोजनाको प्रतिकूल अवस्थाबाहेक अन्य अवस्थामा सुरुङबाट पानी पठाइने उनको भनाइ छ। उनका अनुसार सुरुङबाट पानी पथान्तरण बन्द हुने भएसँगै काठमाडौँ उपत्यका खानेपानी वितरणको तालिका पानी वितरणको दिन अवधिको अन्तर बढाएर हेरफेर गरिएको छ। खानेपानी वितरणको तालिका काठमाडौँ उपत्यका खानेपानीको वेबसाइट र शाखा कार्यालयको फेसबुक पेजमार्फत प्रकाशन गरिएको छ।
उनले मेलम्चीको पानी बाह्रै महिना वितरणको प्रयास गरिरहेको बताए। “२०७९ साल मंसिरदेखि आजसम्म मेलम्ची खानेपानी आयोजनाबाट भइरहेको निरन्तर पानी आपूर्तिले काठमाडौँवासीको मुहारमा देखिएको सन्तुष्टि र खुशीलाई दीगो र बाह्रै महिना कायम राख्ने प्रयास रहनेछ,” उनले भने।
प्रवक्ता राईले मेलम्चीको १७ करोड लिटर पानी आउँदा १७ करोड रुपैयाँ उठ्नुपर्ने मान्यता भए पनि १० हजार लिटर बराबर एक सय रुपैयाँसम्म उठ्ने गरेको बताए। विगतमा ५ हजार लिटर पानी आउँदा पनि सय रुपैयाँ संकलन भएकाले १७ करोड लिटर पानीअनुसार आम्दानी नदेखिने उनको भनाइ छ।
उनका अनुसार मेलम्चीको १७ करोड लिटर पानी आएपश्चात् वार्षिक आयमा १० करोड रुपैयाँले वृद्धि भएको छ। मेलम्ची आउनुभन्दा पहिला वार्षिक ६५ करोड रुपैयाँ हुने गरेकोमा मेलम्ची आएपछि ७५ करोड पुग्ने छ।
मेलम्चीको पानी रोकिएपछि ८ करोड लिटर मात्रै पानी वितरण हुने छ। यसअघि १८ करोड लिटर पानी वितरण हुँदै आएको थियो। उनले पानी तीनदेखि १० दिनको अन्तरालमा वितरण गर्ने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
