कर्नाटक विधानसभामा भारतीय कांग्रेसले तीन सिटमा विजय भएको छ भने १२९ सिटमा अग्रता लिएको छ।
कर्नाटक विधानसभा चुनावमा भारतीय कांग्रेस (कांग्रेस–आई)ले तीन सिट जितेको छ। निर्वाचन आयोगले दिएको पछिल्लो अपडेटअनुसार कर्नाटक विधानसभामा कांग्रेसले तीन सिटमा विजय भएको छ भने १२९ सिटमा अग्रता लिएको छ।
त्यसैगरी, भारतीय जनता पार्टी (भाजपा) ले ६६ र जनता दल (सेक्युलर)ले २२ सिटमा अग्रता लिएका छन्। स्वतन्त्र उम्मेदवारले दुई सिटमा अग्रता छ।
मतभारका आधारमा हेर्दा पछिल्लो परिणाम अनुसार कांग्रेसलाई खसेको मतको कूल ४३ प्रतिशत मत र भाजपालाई ३६ प्रतिशत मत र जनता समाजवादी (सेकुलर)लाई १३.२ प्रतिशत मत प्राप्त भएको छ। भारी समर्थन देखिएपछि कांग्रेसले पार्टीको दिल्लीस्थित केन्द्रीय कार्यालय र कर्नाटकस्थित क्षेत्रीय कार्यालयमा पटाका पड्काएर खुशी मनाएको छ।
कर्नाटक विधानसधाको २२४ सदस्यका लागि यही मे १० मा सम्पन्न भएको निर्वाचनको मत गणना शनिबार बिहान ८ः०० बजेदेखि शुरू भएको थियो। राजनीतिक दलहरूको चर्को प्रचार–प्रसार भएको यो चुनाव भाजपा र कांग्रेस दुवैका लागि महत्त्वपूर्ण छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
