नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च पदस्थ व्यक्तिहरूको समेत संलग्नता देखिएपछि काठमाडौँसहित देशका विभिन्न स्थानमा भ्रष्टाचारविरुद्ध प्रदर्शन शुरू भएको छ।
काठमाडौँ– माइतीघरमा भ्रष्टाचारविरुद्ध प्रदर्शन भएको छ। शनिबार बिहान ११ बजेदेखि भएको प्रदर्शनमा विभिन्न संघसंस्था, राजनीतिक दलसहित स्वतन्त्र अभियान्ताको सहभागिता छ।
रास्वपा सभापति तथा सांसद रवि लामिछाने, सांसद सुमना श्रेष्ठ, सांसद आशिम शाह, डा. गोविन्द केसीलगायत सहभागी भएर प्रदर्शनमा ऐक्यबद्धता जनाएका छन्। नेपालीलाई भुटानी शरणार्थी बनाएर करोडौँ रकम ठगी भएको घटनामा उच्च पदस्थ व्यक्तिहरूको समेत संलग्नता देखिएपछि देशका विभिन्न स्थानमा भ्रष्टाचारविरुद्ध प्रदर्शन हुन थालेको छ।
सहभागीले भ्रष्टाचार र सरकारविरुद्ध आक्राेश पाेखेका थिए। रास्वपाका सांसद शाहले आफू भ्रष्टाचारविरुद्ध सशक्त रूपमा सदन र सडकमा उभिएको बताए। राजनीतिको परिभाषा नै पैसा कमाउने हो भन्ने प्रवृत्ति देखिएकाले यस्तो प्रवृत्ति चिर्न आवश्यक रहेको उनको भनाइ छ।
प्रदर्शनमा सहभागी ऋतु खड्काले देश विकास हुन नसक्नुको कारण भ्रष्टाचार रहेको उल्लेख गरिन्। प्रमाण बाहिर आउँदा पनि कसरी मानिस फरार हुन्छ? भन्दै उनले सरकारसँग प्रश्न गरिन्। भ्रष्टाचारविरुद्ध सबै नागरिकले आवाज उठाउनुपर्ने उनको भनाइ छ।
यस घटनामा प्रहरीले पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायत १२ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।
‘कुरा सिधै प्रस्ट छ, हाम्रो सिस्टम भ्रष्ट छ’, ‘भन्नेछौँ हामी बारम्बार, भ्रष्टाचारीलाई कारागार’, ‘ठूला नारा पकडी, लगा छिटो हत्कडी’, ‘करोडौँ पर्ने महल तिमीलाई कसले किन्दियो?’ ‘टोपबहादुर कि टापबहादुर’जस्ता नारासहित उनीहरूले प्रदर्शन गरेका हुन्।






Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
