युक्रेनले सन् २०२३ मा मित्र राष्ट्रहरूबाट १६.७ बिलियन डलर बराबरको आर्थिक सहयोग प्राप्त गरेको युक्रेनी अर्थमन्त्री शेर्ही मर्चेन्कोले बताएका छन्।
बेलायतले युक्रेनमा लामो दूरी प्रहार गर्ने क्षेप्यास्त्र पठाएको छ। रुसविरुद्धको प्रत्याक्रमणका लागि बेलायतले युक्रेनलाई २५० किलोमिटरभन्दा टाढाको दूरीसम्म प्रहार गर्न सक्ने स्ट्रोम स्याडो क्षेप्यास्त्र अनुदानमा दिएको बेलायतका रक्षा सचिव बेन वालेसको भनाइ उद्धृत गर्दै अल जजिराले उल्लेख गरेको छ।
यता, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसविरुद्ध प्रत्याक्रमणका लागि थप अन्तर्राष्ट्रिय सशस्त्र सवारीहरूको पर्खाइमा रहेको बताएका छन्। थप सहयोग नपाए आफूहरूको ज्यान नै जोखिममा रहेको र अहिलेको अवस्थामा प्रतिकार गर्न नसकिने उनको भनाइ छ।
यसैबीच, युक्रेनले सन् २०२३ मा मित्र राष्ट्रहरूबाट १६.७ बिलियन डलर बराबरको आर्थिक सहयोग प्राप्त गरेको युक्रेनी अर्थमन्त्री शेर्ही मर्चेन्कोले बताएका छन्। “हामीले विदेशी दाताहरूबाट सन् २०२३ मा १६.७ बिलियन डलर बजेट सहायता प्राप्त गरिसकेका छौँ। साथै, २०२३ को बजेट घाटाका लागि थप आर्थिक सहयोगको प्रतिबद्धता समेत हामीलाई साझेदारहरूले दिइसकेका छन्,” उनको भनाइ छ।
युक्रेनले यस वर्ष ३८ बिलियन डलरको बजेट घाटा बेहोरेको अल जजिराले उल्लेख गरेको छ। सरकारले संवेदनशील संरचना र ऊर्जा क्षेत्रको पुनर्निर्माणका लागि थप १४ बिलियन डलरको सहयोगको माग गरिरहेको बताइएको छ। रुसले सन् २०२२ फेब्रुअरी २४ का दिन युक्रेनमा आक्रमण गरेको थियो। युद्ध शुरू भएको ४४२ दिनसम्म पनि जारी नै छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
