निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि सुरक्षाकर्मी बाहेक २ लाख ४६ हजार जनशक्ति परिचालन गर्ने भएको छ। आयोग ऐन, २०७३ को दफा १९ अनुसार आयोगले उक्त जनशक्ति परिचालन गर्ने भएको हो।
काठमाडौँ– आसन्न निर्वाचनका लागि सुरक्षाकर्मी बाहेक २ लाख ४६ हजार जनशक्ति परिचालित हुने निर्वाचन आयोगले जनाएको छ।
मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, मतदान अधिकृत, सहायक मतदान अधिकृत र आवश्यकता अनुसार अन्य कर्मचारी पनि खटिने आयोगले जनाएको हो।
निर्वाचन आयोग ऐन, २०७३ को दफा १९ मा निर्वाचनको कामका लागि कर्मचारी खटाउने व्यवस्था छ। संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सरकारको नियन्त्रण वा अनुदानमा सञ्चालित संस्थाका कर्मचारी, सामुदायिक विद्यालयका शिक्षक वा कर्मचारी निर्वाचनमा खटिनेछन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मुख्य निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, लेखापाल, सहायक कर्मचारी हुनेछन्। यस्तै, कम्प्युटर अपरेटर, सवारी चालक, सहयोगी कर्मचारी, निजी सुरक्षा अधिकारीसहित ९ जना कर्मचारी रहनेछन्।
निर्वाचन अधिकृतको कार्यालयमा पनि ९ जनाकै दरबन्दी छ। २ सय ५० सम्म मतदाता भएका मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत १–१ जनासहित ९ जना हुनेछन्। यसैगरी २ सय ५१ देखि ५ सयसम्म मतदाता भएका मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत १–१ जनासहित ११ जना कर्मचारी रहनेछन्। ५ सय भन्दा बढी मतदाता भएका मतदान केन्द्रमा थप एक जना स्वयंसेवक रहनेछन्।
निर्वाचनमा नखटाइने कर्मचारी
निजामती कर्मचारी, शिक्षक तथा अन्य सरकारी संघसंस्थासँग सम्बद्ध ट्रेड युनियनका संघ, प्रदेश र जिल्ला समितिका पदाधिकारी, कुनै उम्मेदवारको नातेदार भए सो क्षेत्रमा त्यस्तो कर्मचारीलाई नखटाइने व्यवस्था निर्देशिकाले गरेको छ।
सुरक्षा गार्ड, पहरा बस्ने कर्मचारी र स्वास्थ्य सेवा, विद्युत्, टेलिफोन, बैंक, वारुणयन्त्र, खानेपानी जस्ता अत्यावश्यक सेवाका कर्मचारी भने वैकल्पिक व्यवस्था गरेर खटाउन सकिने आयोगले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
