बिहीबार आयोगको टोली अनन्तमायाको घरमा पुगेको थियो। टोली फर्केलगत्तै पुगेका कान्छा छोरा जगदीशले अनन्तमायालाई उनको नाममा रहेको जग्गा र घर पनि अंशबन्डा गर्न दबाब दिएका छन्।
भक्तपुर– आफ्नै घरभित्र बन्धक बनेकी भक्तपुरकी ७४ वर्षीया अनन्तमाया घिमिरेको नाममा रहेको सम्पत्ति अंशबन्डा गर्न कान्छा छोरा जगदीश घिमिरेले दबाब दिएका छन्।
राष्ट्रिय मानवअधिकार आयोगको टोलीले बिहीबार अनन्तमायालाई भेटेर फर्केलगत्तै पुगेका कान्छा छोरा जगदीशले अनन्तमायालाई उनको नाममा रहेको जग्गा र घर पनि अंशबन्डा गर्न दबाब दिएका हुन्।
बुधबार अनन्तमायाकी कान्छी छोरी प्रतीक्षा घिमिरेले आमालाई घरभित्रै बन्धक बनाइएको भन्दै उद्धारका लागि आग्रह गरेर राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएकी थिइन्। उजुरीपछि बिहीबार आयोगको टोली भक्तपुरको सूर्यविनायक नगरपालिका–३, बालकोटस्थित अनन्तमायाको घरमा पुगेको थियो।
आयोगको टोली आफूसँग सोधपुछ गरेर फर्केपछि जगदीश घरमै आएर हप्काएको अनन्तमायाले बताइन्।
जगदीश उच्च अदालत पाटनका न्यायाधीश हुन्। उनी २०७६ असार १५ गते काठमाडौँ अदालत जिल्ला बार इकाइको नयाँ कार्यसमितिमा लोकतान्त्रिक प्यानलबाट अध्यक्षमा निर्वाचित भएका थिए। नेपाली कांग्रेसनिकट कानुन व्यवसायी संघ ९डीएलए०का उम्मेदवार बनेका घिमिरेले प्रगतिशील प्यानलका उम्मेदवार कुमार आचार्यलाई पराजित गरेका थिए।
२०७७ फागुन २८ गते जगदीश उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका थिए। काठमाडौँ बारको अध्यक्ष हुँदाहुँदै उच्च अदालतको न्यायाधीश बनेको भन्दै त्यसबेला विवादसमेत भएको थियो।
अनन्तमायाका अनुसार अरू दिन ताल्चा लाग्ने गेटमा बिहीबार भने आयोगको टोली आउने भएदेखि बिहानै ताल्चा खोलिएको थियो। घरमा परिवारका सदस्यबाहेक अरू मानिस पनि आएकाले गेटसमेत सजिलै खोलिएको थियो। मानवअधिकार आयोगबाट पुगेकी एक महिला कर्मचारीले अनन्तमायालाई भान्सामा लिएर लगेर एक्लै कुरा गरेकी थिइन्।
आफ्ना सबै कुरा सुनेर आयोगको टोली निस्के लगत्तै जगदीश आइपुगेको अनन्तमायाले बताइन्। “आउने बित्तिकै उसले जग्गा र घरको पनि अंशबन्डा गर्न दबाब दियो,” उनले भनिन्। अनन्तमायाका अनुसार जगदीशले सम्पत्ति बाँडफाँट गर्न दबाब दिन थालेको पहिलेदेखि नै हो।
“तपाईंको सम्पत्तिको हो र त्यो? त्यो त हाम्रो सम्पत्ति हो, हाम्रो भाग लाग्छ भन्दै आएको छ,” उनले भनिन्, “मुलपानीमा दुई रोपनी जग्गा छ, त्यो रोक्का भएको छ, त्यहाँका केही जग्गा बेचेको पैसा यो घरमा परेको छ। अब यो सबैलाई तीन भाग लगाउनुपर्छ भन्दैछ। तीन जना मात्र यो जग्गाको भागीदार हो भन्छ।”
अनन्तमायाका अनुसार जगदीशले आफू, जेठी छोरी उर्मिला र जेठा छोरा बल्लभमणिलाई मात्रै अनन्तमायाको जग्गाको हिस्सा लाग्ने भन्दै हप्काएका थिए।
जगदीशले दाबी गरेको जग्गा र घर अनन्तमायाको नाममा छ। अनन्तमायाले कान्छा छोरा जगदीशलाई २०६५ सालमा र जेठा छोरा बल्लभमणिलाई २०७० सालमा अंशबन्डा गरी जग्गा दिइसकेको जिल्ला मालपोत कार्यालय सुनसरीको लिखतले देखाउँछ। सोही अंशबन्डा खारेज गर्न माग गर्दै जेठी बुहारी रेणुका बरालले अनन्तमायाविरुद्ध सुनसरी जिल्ला अदालतमा मुद्दा दायर गरेकी छन्। त्यो मुद्दाको प्रतिवादका लागि जान खोज्दा आफूलाई घरमै बन्धक बनाइएको अनन्तमायाले बताइन्।
जेठी छोरी उर्मिलाले अनन्तमायाको नाममा रहेको बालकोटको जग्गा–घरसमेत छलपूवर्क बकसपत्र गरी आफू र आफ्नो छोराको नाममा गरेको अनन्तमाया बताउँछिन्। त्यो बकसपत्र खारेजीको माग गर्दै अनन्तमायाले भक्तपुरको मालपोत कार्यालयमा उजुरी दिएकी छन्।
अनन्तमायाका पाँच सन्तान छन्। जसमध्ये उर्मिला, बल्लभमणि र जगदीशले सम्पत्तिको लागि आमालाई बन्धक बनाएको भन्दै कान्छी छोरी प्रतीक्षाले मानवअधिकार आयोगमा उजुरी दिएकी थिइन्। तर, प्रतीक्षाले नै अनन्तमायाको बैंक खाता चलाएको र जग्गा बेचेर आएको पैसा मासेको दाबी उर्मिला, बल्लभमणि र जगदीशले लगाएको अनन्तमाया बताउँछिन्। “जग्गा बेचेको पैसा घरमा खर्च गरेको हो, प्रतीक्षाले पैसा खाएको भन्ने कुरा झुटो हो,” उनले भनिन्।
कान्छी छोरी प्रतीक्षा आफूलाई भेट्न आउँदा छोरी उर्मिला, छोरा बल्लभ, बुहारी रेणुका र नाति रिजन मिलेर दुबैलाई कुटेको उल्लेख गर्दै उनले भनिन्, “नातिसमेत चारजना भएर हामीलाई कुटेका थिए।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
