काठमाडौँ महानगरपालिकाले कार्यालय समयमा तास खेलिरहेका नगर प्रहरीमाथि कारबाहीको प्रक्रिया अगाडि बढाएको छ।
काठमाडौँ– काठमाडौँ महानगरपालिकाले कार्यालय समयमा तास खेलिरहेका नगर प्रहरीलाई निलम्बन गर्ने भएको छ।
महानगरको नगर प्रहरी बलका कर्मचारीले कार्यालय समयमा तास खेलिरहेको भेटिएपछि उनीहरूलाई निलम्बनको प्रक्रिया अगाडि बढाइएको महानगर स्रोतले जनाएको छ।
बुधबार दिउँसो टेकुस्थित नगर प्रहरी बलको कार्यालयमा तीन जना नगर प्रहरी तास खेलिरहेको अवस्थामा भेटिएका थिए। सार्वजनिक भएको तस्वीरमा उनीहरू कार्यालय पोसाकमै तास खेलिरहेको अवस्थामा देखिन्छन्।
कार्यालय समयमा तास खेल्नेमा नगर प्रहरी निरीक्षक नीरकुमार बस्नेत, हवलदार प्रयास घिमिरे र जवान रूपेश बानियाँ रहेका छन्। बानियाँ कम्पनी करारमार्फत नगर प्रहरीमा आएको महानगरले जनाएको छ।
उनलाई फिर्ता पठाउने तयारी भइरहेको र अन्य नगर प्रहरीलाई छानबिनको दायरामा ल्याइने काठमाडौँ महानगरले जनाएको छ। अन्य पनि संलग्न भएको पाइएमा उनीहरूलाई पनि कारबाही गरिने महानगर स्रोतले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
