बुधबार मस्कोस्थित एउटा सरकारी भवनमा आगलागी र विस्फोटको भिडियो सार्वजनिक भएको थियाे। यसलाई मस्कोले पुटिनको हत्या प्रयासका लागि युक्रेनले ड्रोन आक्रमण गरेको आरोप लगाएको छ।
रुसी राष्ट्रपति भ्लादिमीर पुटिनको हत्या प्रयास गरेको क्रेमलिनको आरोपको युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले खण्डन गरेका छन्।
बुधबार मस्कोस्थित एउटा सरकारी भवनमा आगलागी र विस्फोटको भिडियो सार्वजनिक भएको थियाे। यसलाई मस्कोले पुटिनको हत्या प्रयासका लागि युक्रेनले ड्रोन आक्रमण गरेको आरोप लगाएको छ।
पुटिनको निवासमाथि आक्रमण भएको क्रेमलिनको दाबी छ। यद्यपि आक्रमणको समयमा पुटिन त्यहाँ नरहेको बताइएको छ। पुटिनको निवासलाई निशाना बनाइरहेका दुईवटा ड्रोनलाई निष्क्रिय पारिएको रुसको भनाइ छ। तर, आफुहरूले आक्रमण नगरेको जेलेन्स्कीको दाबी छ। उनले आफ्नो भूमि बचाउने प्रयासमा रहेको र मस्कोमा आक्रमण नगरेको बताएका छन्।

राष्ट्रपति पुटिनको ज्यान लिने प्रयास गर्दै युक्रेनले मस्कोमाथि ड्रोन आक्रमण गरेको र यस ‘आतंकवादी’ आक्रमणको उचित जवाफ दिने अमेरिकाका लागि रुसी राजदूत एनातोली एन्टोनोभले चेतावनी दिएका छन्।
“यदि ह्वाइट हाउस वा पेन्टागनमा ड्रोन आक्रमण भएको भए अमेरिकी प्रतिक्रिया के हुन्थ्योरु उत्तर सबै राजनीतिज्ञ र आम मानिसलाई थाहा छ,” उनले भनेका छन्, “रुसले पनि यस निर्दयी र अभिमानपूर्ण आतंकवादी आक्रमणको जवाफ दिनेछ।”
किभले रुसी नेतृत्वमाथि निम्त्याएको खतराको मूल्यांकनका आधारमा रुसले उचित जवाफ दिने उनले चेतावनी दिए। भने, “हालैको ड्रोन आक्रमण जेलेन्स्कीद्वारा नियोजित आतंकवादी कारबाही हो र रुसी राष्ट्रपतिलक्षित एक हत्या प्रयास थियो।”
साथै, यसलाई आतंकवादी कार्य हो भन्ने हिम्मत राख्न उनले अमेरिकालाई आग्रह गरे। विश्वले यतिबेला सन् २००१ स्मरण गरिरहेको एनाताेलीकाे दाबी छ। “त्यतिबेला अमेरिकामा आतंकवादी आक्रमण हुँदा अमेरिकी नागरिकका लागि सहयोगको हात अघि बढाउने पहिलो देश रुस नै थियो। आज अमेरिका सबैकुरा बिर्सिएर किभका अपराधीहरूको संरक्षण गरिरहेको छ।”
यसैबीच, ड्रोन आक्रमणको आरोप लगाएको भोलिपल्ट किभ र अन्य शहरमा आक्रमण तीव्र भएको बीबीसीले जनाएको छ। युक्रेनका जापोरीजिया र ओडेसालगायत स्थानमा आक्रमण भइरहेको छ। जेलेन्स्की नेदरल्यान्डको अप्रत्याशित भ्रमणमा निस्किएसँगै आक्रमण थप बढेको हो।
भ्रमणका क्रममा जेलेन्स्कीले त्यहाँको अन्तर्राष्ट्रिय फौजदारी अदालतको समेत भ्रमण गर्ने बताइएको छ। यस अदालतले हाल युक्रेनमा रुसले गरेका भनिएका मानवताविरुद्धका आरोपमाथि अनुसन्धान गरिरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
