बुधबार बसेको मन्त्रिपरिषद् बैठकले खेलाडीलाई जनही ६ लाख र अफिसियललाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको छ।
काठमाडौँ– सरकारले राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई जनही ६ लाख रुपैयाँ पुरस्कार दिने भएको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले खेलाडीलाई जनही ६ लाख र अफिसियललाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको सरकार प्रवक्ता रेखा शर्माले जानकारी दिइन्
मन्त्रिपरिषद्को यस निर्णयले नेपाली क्रिकेट खेलाडीलाई प्रोत्साहन र क्रिकेट खेलको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने उनले बताइन्।
एसीसी प्रिमियर कपअन्तर्गत मंगलबार भएको फाइनलमा यूएईलाई हराउँदै नेपाल एशिया कप क्रिकेटमा छनोट भएको थियो।
यस्तै बैठकले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन आगामी बजेटमा आवश्यक रकमको व्यवस्था गर्नेसमेत निर्णय गरेको शर्माको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
