दिल्ली ९ खेलमा ३ जित र ६ हारसहित अंक तालिकाको पुछारमा छ। गुजरात ९ खेलमा ६ जित र ३ हारसहित शीर्षस्थानमा कायम छ।
काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल)मा शीर्षस्थानको गुजरात टाइटन्सलाई पुछारको दिल्ली क्यापिटल्सले पराजित गरेको छ।
गएराति भएको खेलमा दिल्लीले घरेलु टोली गुजरातमाथि ५ रनको रोमान्चक जित हात पारेको हो। १३१ रनको विजयी लक्ष्य पछ्याएको गुजरात निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२५ मा अलआउट भयो।
गुजरातका कप्तान हार्दिकले सर्वाधिक ५९ रनको योगदान दिए पनि टोलीको हार टार्न सकेनन्। उनी ५३ बलमा अविजित रहे। राहुल टेवाटिया २० र अभिनव मनोहर २६ रनमा आउट भए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
दिल्लीका ईशान्त शर्मा र खलिल अहमदले समान २/२ विकेट लिए। कुलदीप यादव र एनरिच नोर्टजीका नाममा १/१ विकेट रह्यो।
टस जितेर पहिले ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३० रन बनाएको थियो।
दिल्लीका अमन खानले सर्वाधिक ५१ रन बनाए। उनले ४४ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। रिपल पटेल २३ तथा अक्षर पटेल २७ रनमा आउट भए।
गुजरातका मोहम्मद शामीले ४ विकेट लिए। उनले ११ रनमात्र खर्चिएका थिए। मोहित शर्माले २ तथा राशीद खानले १ विकेट लिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
